• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

२०७८ मा फुटबल : वर्षभरि व्यस्त, विवाद र उपलब्धि दुवैमा अल्मुताइरी ‘फ्याक्टर’

64x64
दीप सुवेदी बिहीबार, वैशाख १, २०७९  ०९:३५
1140x725

काठमाडौं– वर्ष २०७८ नेपाली फुटबलका लागि ‘स्वर्णिम’ बन्यो। बितेका १२ महिना नियमित प्रशिक्षण, प्रतियोगिता र सकारात्मक नतिजाले नेपाली फुटबलमा आशा जागेको छ।

साफ च्याम्पियनसिप फुटबलको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुग्यो। नेपालले गएको वर्ष धेरै मैत्रीपूर्ण खेल पनि खेल्यो। भारत र मरिसससँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्नु पनि नेपालका लागि उपलब्धि बन्यो।

नेपाली महिला टोलीले पनि ३९ वर्षे इतिहासमा पहिलोपटक मैत्रीपूर्ण खेलका लागि दशरथ रंगशालमा पाइला टेकेको थियो। तर, महिला फुटबल टीमका प्रशिक्षक ग्यारी फिलिप्स र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सम्झौता सकिएको विषयले मिडियामा प्रवेश पाएन। यता राष्ट्रिय पुरुष टीमका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीको राजीनामाले नेपाली फुटबल वृतलाई निक्कै ततायो।

नेपाल सुपर लिगको उदय र विवाद
गएको वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिगको अस्तित्व नै संकटमा पार्ने गरी नेपाल सुपर लिग (एनएसएल)ले प्रवेश पायो। कोरोना महामारीले प्रतियोगिता नै ठप्प पारेको बेला जन्मिएको लिगले मनिष डाँगी र आयुष घलानजस्ता खेलाडी मात्रै दिएन, अफ्रिका र युरोपबाट पनि फुटबल खेल्न खेलाडी आए। स्पेन र अजरबैजानलगायतका खेलाडी लिगमा थपिँदा माहोल उत्साहित बनेको थियो।

एनएसएलले खेलाडीहरुको आम्दानीमा पनि सुधार गर्न मद्दत गर्‍यो। पहिलो संस्करमणमा कतिपय नेपाली खेलाडी रु.२ लाखमा बिक्री भए। पहिलो संस्करण सफलताका साथ सम्पन्न गरेको एनएसएल दोस्रो संस्करणमा पुग्दा सात टोलीबाट १० मा पुग्यो । तर, यो लिग विवादमा परेपछि अनिश्चित बनेको छ।

खेलाडीहरूको अनुबन्धको विषयलाई लिएर ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब, संकटा क्लब, न्यूरोड टिम, मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लबले विरोध जनाए। त्यसपश्चात्, एन्फाका पदाधिकारी र असन्तुष्ट आठ क्लबबीच बसेको बैठकले अक्सन स्थगित गर्न एनएसएल आयोजक नेपाल स्पार्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीलाई पत्र काटेको थियो। तर, एनएसएल आयोजकले अटेर गर्दै अक्सन गरेपछि विवादले अर्को मोड लियो। यी चार क्लबले एनएसएल नरोके एन्फामा रहेका आफ्ना प्रतिनिधि फिर्ता बोलाउने निर्णय गरेपछि प्रतियोगिता नै अनिश्चित बनेको छ।

अल्मुताइरी वरिपरि घुमेको फुटबल
वर्ष २०७८ मा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले मैदानभित्र होस् या बाहिर निकै चर्चा कमाए। ‘वान टिम वान गोल, जय नेपाल’ भन्ने नारा अघि सार्दै नेपाली भूमिमा पाइला टेकेका अल्मुताइरी मैदानसँगै बाहिर पनि उत्तिकै सक्रिय रहे। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको नाम जोडेर साफ च्याम्पियनसिपअघि नेपाल नफर्किने भन्दै राजीनामा दिएका अल्मुताइरीलाई फर्काउन अध्यक्ष कर्माछिरिङ शेर्पालाई हम्मेहम्मे पर्‍यो। 

अन्ततः अल्मुताइरीले एन्फासँग सन् २०२४ सम्म सम्झौता गरे र विवाद समाप्त भयो। कतार फुटबल संघमार्फत आएका अल्मुताइरीको तलब पनि कतारले नै बेहोर्छ। उनी नेपाल बस्ने क्रममा यातायात र सञ्चारका लागि एन्फाले केही रकम दिँदै आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल फर्किएपछि उनले तीन चरणमा काम गर्ने योजना सार्वजनिक गरेका छन्। सुरुआती पहिलो चरणको एसिया कप छनोटका कार्यक्रम मात्र सार्वजनिक गरेका उनले राष्ट्रिय टिमको प्रशिक्षक र मैत्रीपूर्ण फुटबल खेलको तालिका सार्वजिक गरिसकेका छन्। यस्तै विश्वकप छनोट–२०२६ र एसिया कप छनोट–२०२७ लाई उनले प्राथमिकतामा राखेका छन्।

साफमा सफलता र त्यसपछि उठेको तलबको विषय
साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाली टोलीले यो वर्ष पहिलो पटक फाइनलमा स्थान बनायो। तर, उपाधि भने चुम्न सकेन। 

पाँच टोली सहभागिता भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले पराजित गर्दै सुखद् सुरुआत गरेको थियो। दोस्रो खेलमा नेपालले श्रीलंकलाई ३–२ गोलले पराजित गर्‍यो। लिग चरणकै तेस्रो खेलमा नेपाल भारतसँग १–० ले पराजित भयो। चौथो तथा महत्त्वपूर्ण खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको थियो। 

तर, फाइनलमा भने नेपाल भारतसँग ३–० ले पराजित हुँदै ऐतिहासिक स्वर्ण जित्नबाट बञ्चित भयो। फाइनलमा पुगेर नेपाल फर्किने वित्तिकै खेलाडीले पाउने तलबको बिषयमा कुरा उठ्यो। काठमाडौंबाट प्रसारित एक टेलिभिजन कार्यक्रममा एन्फाका महासचिव इन्द्रमान तुलाधरले रु.१ लाख पाउने, तर खेलाडीलाई १८ हजारमा चित्त बुझाउँदै आएको विषय उठेपछि फुटबल वृत निकै तात्यो। केही दिनसम्मे चलेको उक्त विषय भने गतिलो मुद्दा बन्न सकेन।

Xtrem

Xtrem

विश्वकप छनोटमा मध्यम प्रदर्शन
यस वर्ष नेपालले फिफा विश्वकपको एसियाली छनोट खोल्यो। चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँगका दोस्रो चरणका खेल कोरोनाका कारण दुईपटक स्थगित भएर जुन २०२१ मा मात्र सम्पन्न भए। ती खेलका लागि एन्फाको तयारी समयमै नहुँदा नेपालमा हुनुपर्ने सबै खेल कुबेतमा आयोजना भए। नेपालले कुबेत पुगेर ‘होम गेम’ खेल्यो।

नेपालले चाइनिज ताइपेईलाई २–० ले हरायो भने विश्वकप खेलिसकेको अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भयो। यता, कुनै बेला ९ गोलसम्म खाएको जोर्डनलाई नेपालले ३–० मै रोक्यो।

मैत्रीपूर्ण खेलमा जोड, १२ खेलाडीको ‘डेब्यू’
पुरुष टोलीको मुख्य प्रशिक्षकमा अलुमताइरी नियुक्त भएर आएपछि मैत्रीपूर्ण खेलमा जोड दिए। तर, वरीयतामा माथि भएका देशसँग खेलिएको खेलमा नेपालको उपलब्धि भने सम्झनलायक बन्न सकेन। नेपालले प्रायः खेलमा गोल गरेर सकारात्मक सन्देश भने दिन सक्यो। मरिसससँगको पछिल्ला दुई खेलमा २ गोल गरेको नेपालले ‘क्लिनसिट’समेत राखेको छ। तर, अन्य टोलीसँगको नतिजा सुखद् भएन।

नेपालले विश्वकप तयारीस्वरुप वर्षको सुरुआतमै बलियो प्रतिद्धन्द्धी इरानसँग खेलेको थियो। तर, ६–२ गोलले पराजित हुन पुग्यो। यता, ओमानसँग नेपाल ७–२ ले पराजित भयो। तर, छिमेकी राष्ट्र भारतसँग भएको खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्‍यो। नेपालले भारतसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्दा पहिलो खेलमा १–१ गोलको नतिजा निकालेको थियो। 

त्यस्तै, दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भयो। त्यसपछि नेपालले अफ्रिकन राष्ट्र मरिससविरुद्ध घरेलु मैदानमै दुई खेल खेल्यो। दुवै मैत्रीपूर्ण खेलमा नेपालले १–० गोलअन्तरले विजयी भयो।

यो वर्षको अन्त्यतिर नेपालले थाइल्यान्डको राष्ट्रिय टोली र स्थानीय क्लब चेनबुरी एफसीसँग खेलेको मैत्रीपूर्ण खेलमा पराजित हुन पुग्यो। ती टीमसँग नेपाल क्रमशः २–० र ३–१ गोल अन्तरले पराजित भयो। 

नेपालले एएफसी एसियन कपमा छनोट हुनेभन्दा अगाडि तीन या चार मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ। यसका साथै मुख्य प्रशिक्षक अल्मुताइरीले एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका लागि बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाएका छन्। नेपालले अप्रिल १५ बाट बन्द प्रशिक्षण सुरु गर्नेछ। नेपाल  एसियन कप छनोटमा समूह ‘ए’ मा छ। यो समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया जस्ता बलिया टोली छन्।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले १२ खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्यू गराए। इराकविरुद्धको मैत्रीपूर्ण खेलमा मनिष डाँगी र गौतम श्रेष्ठले डेब्यू गरेका थिए।  त्यस्तै नेपालका आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले कुबेतमा विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा डेब्यू गरे।

अल्मुताइरीले घरेलु मैदानमा ६ खेलाडीको डेब्यू गराए। भारतविरुद्धको मैत्रीपूर्ण खेलमा चार खेलाडीले डेब्यू गरे भने मरिससविरुद्ध दुई मैत्रीपूर्ण खेलमा पनि नयाँ युवा खेलाडीले डेब्यू गरे। भारतसँको खेलमा नितिन थापा, विशाल श्रेष्ठ र राजन गुरुङले डेब्यू गरेका थिए। मरिससविरुद्ध दुई मैत्रीपूर्ण खेलमा मिडफिल्डर सुदीप गुरुङ, आकाश बुढा मगर र नवीन गुरुङले डेब्यु गरे। थाइल्याण्डविरुद्धको खेलमा प्रशान्त अवस्थीले डेब्यू गरे।

महिला फुटबलको उतरचढाव
नेपाली महिला टीमले पहिलो पटक विदेशी प्रशिक्षक पायो। एएफसी कोचिङ कोर्सका लागि नेपाल आएका अष्ट्रेलियन टेक्निकल डाइरेक्टर ग्यारी फिलिप्स महिला टोलीको प्रशिक्षकमा नियुक्त भए।

उनको प्रशिक्षणमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्यो भने हङकङ र फिलिपिन्ससँग एसिया कप छनोट खेलेको थियो। उक्त खेलमा नेपालले हार बेहोरेको थियो।

महिला लिग भने यो वर्ष सम्झनलायकबन्यो। पहिलो पटक डबल राउन्ड रोबिनमा प्रतियोगिता भएको थियो। महिला लिगमा एकमात्र गोलको सामना गरेको एपीएफले उपाधि जितेको थियो। चौदण्डीगढी नगरपालिका भने रेलिगेसनमा प¥यो। प्रतियोगितामा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी पुलिसविरुद्धको खेलमा घाइते भइन्। कतारको अस्पेटर अस्पतालमा उनको घुँडाको उपचार र रिहाब भएर नेपाल फर्किइन्।

महिला टोलीको उमेर समूहमा पनि प्रदर्शन खस्कियो। साफ यू–१९ र यू–१८ च्याम्पियनसिप दुवै प्रतियोगितामा नेपालले कमजोर प्रदर्शन ग¥यो। नेपालका लागि बंगलादेश र भारत नै बाधक बने। भारतमा चैतमा तीन टोली मात्र समावेश गरिएर डबल राउण्ड रोविनको आधारमा भएको साफ यू–१८ को तेस्रो संस्करणमा नेपालले एक खेलमा पनि जित निकाल्न सकेन। 

मिडियामा स्थान नपाएका फिलिप्स
नेपालमा रहेर एन्फालाई निक्कै सहयोग गरेका महिला टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले भने पुरुष फुटलब टोलीको मुख्य प्रशिक्षक अल्मुताइरको जति मिडियामा स्थान बनाउन सकेनन्। एसिया कप छनोटबाट बाहिरिएसँगै सम्झौता सकिएका फिलिस्पसँग एन्फाले नयाँ सम्झौतासमेत गरेन।

एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा साढे दुई वर्षअघि फिलिप्स नेपाल आएका थिए। उनले केही समय राष्ट्रिय महिला टोलीलाई पनि प्रशिक्षण दिएका थिए। एएफसीले दिँदै आएको परियोजना बन्द भएपछि फिलिप्सलाई एन्फाले बिदाइ ग¥यो।

फिलिप्सले नेपालमा रहँदा विशेषत प्रशिक्षक उत्पादनका लागि प्रशिक्षणमा ठूलो योगदान गरे। उनले प्राविधिक समितिसँग मिलेर नेपालको छुट्टै शैली र त्यसको प्रशिक्षण विधि विकास गरे। नेपाली फुटबलको ‘गोर्खाली स्पिरिट’ स्थापना गरेर नेपालको आफ्नै शैलीलाई ग्रासरुटदेखि अवलम्बन गर्ने उनको लक्ष्य थियो।

यसबाहेक उनकै पहलमा नेपालले एएफसी÷एन्फा ‘बि’ कोचिङ कन्भेन्सनसमेत प्राप्त गर्न सफल भएको थियो। उक्त मान्यतासँगै नेपालले एएफसीको ‘बी’ लाइसेन्ससम्म आफ्नै पाठ्यक्रम विकास गरेर लाइसेन्स प्रदान गर्न पाउने व्यवस्था छ। यसमा उनीसँगै प्रशिक्षक शिक्षा विभागका संजित सिंहले विशेष भूमिका निर्वाह गरेका थिए।

मछिन्द्र प्रारम्भिक छनोटको पहिलो खेलबाटै ‘आउट’
टिम निर्माणमा ठूलो धनराशी खर्चिएर खेलाडी अनुबन्धन गरेको मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ चल्दाचल्दै मध्यतिर नै शीर्षस्थानमा रहँदै एएफसी कप छनोट खेल्ने निश्चित भयो। त्यसपछि पनि उसको उपाधि यात्रा खासै कठिन रहेन। मछिन्द्रले लिगमा ११ जित र दुई बराबरी खेल्दै दोस्रो भएको अर्को अपराजित आर्मीलाई १२ अंकले पछाडि पारेको थियो। 

लगातार दोस्रोपटक लिगको उपाधि रक्षा गरेपछि मछिन्द्रले एफएफसी कप छनोटका लागि खेलाडी अनुबन्धनमा खास चासो देखाएन। दशरथ रंगशालामै भएको उक्त छनोट प्रतियोगितामा मछिन्द्र गत साता श्रीलंकाको ब्लू स्टार एफसीसँग २–१ ले पराजित हुँदै प्रारम्भिक छनोटको पहिलो खेलबाटै बाहिरियो। ब्लू स्टारसँग खेल्नुअघि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आफूहरुको लक्ष्य कम्तीमा एएफसी कपको समूह चरणसम्म पुग्नु रहेको बताएका थिए।

२०७६ सालमा पहिलोपल्ट ‘ए’ डिभिजन लिगको उपाधि जित्दा भने एएफसी क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले एएफसी कपमा सहभागिता जनाउन पाएको थिएन। त्यसको फाइदा लिगको दोस्रो स्थानमा रहेको विभागी टोली त्रिभुवन आर्मी क्लबले लिएको थियो। आर्मीले एएफसी कप छनोटमा प्रारम्भिक चरणको पहिलो खेल नै जितेको थियो। श्रीलंकन पुलिसलाई दशरथ रंगशालामा ५–१ पराजित गरेको आर्मी दोस्रो खेलमा इन्डियन सुपर लिग (आईएसएल)क्लब बैंग्लुरुसँग हारेपछि ‘प्लेअफ’मा पुग्न भने सकेको थिएन।

ललितपुरे क्लबको डिभिजन यात्रा
यसपटक दुई क्लब ‘ए’ डिभिजनमा उक्लिए भने दुई क्लब ‘बी’ डिभिजनमा झरे। ती चारवटै क्लब ललितपुरका रहे। 

फागुनमा सम्पन्न ‘ए’ डिभिजन लिगबाट पुछारमा रहँदै ललितपुरका दुई क्लब च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परेका थिए। तर, एक महिनापछि नै ‘बी’ डिभिजन लिगबाट ललितपुरकै दुई क्लब चर्च ब्वाइज युनाइटेड र खुमलटार युथ क्लब ‘ए’ डिभिजनमा उक्लिए। चर्च ब्वाइज पहिलो प्रयासमै ‘बी’ डिभिजन लिगको च्याम्पियन बन्दा खुमलटार दोस्रो भयो।

‘सी’ डिभिजन च्याम्पियन बन्दै ‘बी’ डिभिजनमा बढुवा भएको पहिलो सिजनमै चर्च ब्वाइज च्याम्पियन बन्दै शीर्ष श्रेणीमा उक्लेको हो। खुमलटार भने अघिल्लो सिजन पनि ‘ए’ डिभिजनको नजिक थियो। तर, ‘बी’ डिभिजनमा दोस्रो भए पनि एक टिम बढुवा हुने प्रावधान रहेकोले उसले त्यो मौका गुमायो। एक वर्षको प्रतीक्षापछि काठमाडौंको रानी पोखरी कर्नर टिम (आरसीटी) लाई ‘हेड टु हेड’मा पछि पार्दै खुमलटार ‘ए’ डिभिजनमा पुग्यो।

आइतबार दशरथ रंगशालामा आरसीटीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्दा एन्फा कम्प्लेक्समा अन्तिम समयमा गोल गर्दै सामाजिक युथ क्लबलाई २–१ ले पराजित गरेपछि दुवैको समान २२ अंक भयो। तर, लिगमा आरसीटीलाई पराजित गरेको आधारमा खुमलटार ‘भाग्यमानी’ बन्यो।

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ। अन्तर्राष्ट्रिय फुटबलबा... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, असोज २१, २०८३
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्