काठमाडौं– पाँच दलीय गठबन्धनले निर्माण गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज (आइतबार) बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे का लागि बैठक बोलाइएको एक नेताले बताए।
बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ। निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने ती नेताको भनाइ छ।
यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो।
२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।