१. स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिको उम्मेदवारीबारे निर्वाचन आयोगको फेरि नयाँ ‘नियम’, ‘राजीनामा’को सट्टा ‘स्वयम् घोषणा’ गर्नुपर्ने, स्वयम् घोषणाको आधारमा उम्मेदवारी बदर भए उम्मेदवार नै जिम्मेवार हुनुपर्ने । (निर्वाचन आयोगको फेरि नयाँ ‘नियम’)
२. सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेकोमा नेकपा (एमाले)का अध्यक्ष ओलीको असन्तुष्टि, धान खाने मुसा, चोट पाउने भ्यागुतो भएको तर्क, छानबिन समितिप्रति पनि आशंका व्यक्त । (गभर्नरलाई निलम्बन गरिएकोमा ओलीको टिप्पणी)
३. चोलेन्द्रशमशेर राणाको ‘व्याकअप’मा न्याय परिषद्को निर्णयलाई चुनौती दिँदै मुख्य रजिष्ट्रार कुँवर, तीन दिनभित्र उच्च अदालत हाजिर हुन नगए कुँवरमाथि कारबाही थाल्ने परिषद्को तयारी । ( न्याय परिषद्को निर्णयलाई चुनौती)
४. रुसले युक्रेन युद्ध कमान्डर परिवर्तन गरेको पश्चिमा अधिकारीहरूको भनाइ, नयाँ जेनरलसँग सिरिया युद्धको व्यापक अनुभव रहेको उल्लेख, जापानद्वारा रुसी कोइला आयातमा प्रतिबन्ध । (रुसद्वारा युक्रेन युद्ध कमान्डर परिवर्तन)
५. र, एएफसी एसियन कपमा छनोट हुने भन्दा पनि राम्रो खेल पस्किने लक्ष्य रहेको मुख्य प्रशिक्षक अल्मुताइरीको भनाइ, छनोट नै हुन्छौं भनेर वाचा गर्न नसकिने प्रतिक्रिया । (प्रशिक्षक अल्मुताइरीको प्रतिक्रिया)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।