काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीतिर लक्षित गर्दै उनको कुनै काम नभएको बताएका छन्।
शनिबार पार्टीको जिल्ला कमिटी काठमाडौंद्वारा आयोजित जनसभामा सम्बोधन गर्दै नेपालले ओलीलाई गफ गर्न दिन भनेका हुन्।
'कमरेडहरु, विश्वासका साथ अगाडि बढ्नुस्। हाम्रो पार्टीको भविष्य छ। यही पार्टीको भविष्य छ। गफाडीहरुको कुनै काम छैन। गफाडीलाई गफ गर्न दिनुस्। अरुको अपमान गर्न दिनुस्। हामी काम गरेर देखाऔँ', उनले भने।
उनले एकीकृत समाजवादीलाई पार्टीलाई एउटा क्रान्तिकारी पार्टीको रुपमा अगाडि बढाउन चाहेको बताए। सो पार्टीले नेपाली समाजमा विचारमा तरंग पैदा गरेको उनको दाबी छ। व्यवहारमा पनि एउटा नयाँ उदाहरण प्रस्तुत गर्न चाहेको उनले बताए।
इमानदारिता, निष्ठा, समर्पणको, देश निर्माणको, जनताको जीवनमा रुपान्तरणको संकल्प बोकेर नेपाल देशको गरिमालाई माथि उठाउँदै, नेपालीको स्वभिमानलाई माथि उठाउँदै विदेशीहरुसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढ्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।