काठमाडौं– सुदूरपश्चिम प्रदेशसभाको नवौँ अधिवेशन (हिउँदे अधिवेशन) शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ।
प्रदेशसभाको शुक्रबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको जानकारी गराए।
यही चैत १३ गते हिउँदे अधिवेशन सुरु भएको थियो। यो अधिवेशनका बैठकले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक र दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित गरेको छ।
पर्याप्त काम (बिजनेश) नहुँदा प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गतका नियमित बैठक यो अवधिमा तीन पटक सूचना टाँस गरी स्थगित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।