काठमाडौं– सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्दै उक्त जिम्मेवारी डेपुटी गभर्नर निलम ढुङ्गानालाई दिने निर्णय गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले लामो समयदेखिको टसलपछि यस्तो निर्णय लिएका हुन्। अर्थतन्त्र धरासयी हुँदै जानुमा गभर्नरको सहयोग नपाएको भन्दै अर्थ मन्त्रालयले अधिकारीलाई कारबाही गर्ने निर्णय गरेको हो।
अधिकारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा नियुक्त भएका हुन्। राष्ट्र बैंकमा रहेर अहिले पनि पूर्वअर्थमन्त्री युवराज खतिवडाको इसारामा काम गरेका भन्दै उनलाई कारबाही गरिएको हो।
अधिकारीमाथि कारबाही गरिएसँगै उक्त जिम्मेवारी ढुङ्गनाले बहन गर्नेछिन्। हाल एकमात्र महिला डेपुटी गभर्नर रहेकी ढुङ्गनाले २०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेकी हुन् ।
व्यवस्थापनमा विद्यावारिधी गरेकी ढुङ्गना २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी थिइन्। त्यसअघि उनी ऋण व्यवस्थापन विभागमा कार्यरत थिइन्। सो अघि उनी आन्तरिक लेखा परीक्षामा थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।