• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
टिप्पणी

आफ्नो कमजोरी छोप्न गभर्नरमाथि 'हतियार' प्रहार

64x64
नेपाल लाइभ शुक्रबार, चैत २५, २०७८  २३:००
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति गठन गरेको थियो। शुक्रबार उनलाई निलम्बन पत्र पठाइएको छ। यो छानबिन गर्ने भन्ने विषय पदमुक्त गर्नुअघिको औपचारिक प्रक्रिया मात्रै हो।

गभर्नर पदमुक्त हुने केही अवस्थाहरु राष्ट्र बैंक ऐन २०५८ को दफा २२ मा छन्। राष्ट्र बैंकको उद्देश्य हासिल गर्नका लागि बैंकले गर्नुपर्ने काम नगरेको, कार्यक्षमता अभाव भएमा, मुलुकको बैंकिङ तथा वित्तिय व्यवस्थामा हानी नोक्सानी पुग्ने कार्य गरेको देखिएमा, बैंकको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको देखिएमा जस्ता विषयहरु ऐनमा छन्।

विस्तृत विवरण त सार्वजनिक भएको छैन। तर, अधिकारीमाथि महत्त्वपूर्ण सूचना चुहाएकोदेखि पूर्वप्रधानमन्त्री केपी ओलीको निर्देशन मानेर सरकारलाई असफल बनाउन काम गरेको सम्मका आरोप रहेको बताइएको छ। यसका विविध पक्ष कालान्तरमा खुल्दै जालान्।

सरकारले हटाउन चाहेपछि आरोप जति पनि सक्ने भइहाल्यो। तर, सार्वजनिक पदधारण गरेको व्यक्तिमाथि लगाइने आरोप सार्वजनिक रुपमा स्थापित पनि हुनुपर्छ। र, त्यसको समय सन्दर्भ पनि मिलेको हुनुपर्छ। गभर्नर अधिकारीमाथि जुन हतियार प्रयोग गरिएको छ, त्यसको औचित्य स्थापित गर्न सरकारलाई मुस्किल पर्ने निश्चित नै छ। 

यतिबेला अर्थतन्त्र रसातलतिर पुगेको छ। त्यसमा हाम्रा कार्यक्षमताको अभाव, रणनीतिक कार्यकुशलताको अभावदेखि अन्तर्राष्ट्रिय समय सन्दर्भ पनि जिम्मेवार छन्। तर, यसको जिम्मेवारी लिने राजनीतिक नेतृत्वले हो। प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा यसका मुख्य जिम्मेवार हुन्। किनकि, आफू मातहतका निकायलाई यथोचित रुपमा परिचालन गर्ने दायित्व पनि उनीहरुकै हो।

Ncell 2
Ncell 2

तर, आफूमाथि अर्थ मन्त्रालयको कुशल नेतृत्व गर्न नसकेको आरोप लागिरहेका बेलामा सम्बद्ध सबैको विश्वास आर्जन गरेर अघि बढ्नुपर्ने अर्थमन्त्री शर्मा भने 'धुलो अनुहारमा थियो, म ऐना पुछिरहेँ' शैलीमा अधिकारीलाई पन्छाउने अभियानमा लागे। 

बिहीबारकै मन्त्रिपरिषद् बैठकमा पनि उनले अधिकारीविरुद्धको 'चार्जसिट' नै प्रस्तुत गरेको मन्त्रिपरिषद् स्रोत बताउँछ। आजै मात्र उनले अधिकारीप्रति आक्रोश व्यक्त गरेका थिए। उनले आफूलाई उचित सल्लाह नदिएको मात्रै होइन, कतिपय विषय मिडियालाई बुझाएको बताएका थिए। कतिपय रिपोर्ट गर्नुपर्ने सूचनाहरु रिपोर्ट नभएको पनि उनको आक्रोश थियो।

यतिबेला शर्मालाई पदमुक्त गर्नुपर्ने आवाज उठिरहेको थियो। त्यति गर्न सकेमा पनि अर्थतन्त्रलाई धेरै हदसम्म सही बाटोतिर फर्काउन सकिने धेरैको अपेक्षा थियो। तर, प्रधानमन्त्री देउवा पनि शर्मालाई नै समातेर विवादित निर्णय गर्न अग्रसर भएका छन्। यो दुर्भाग्यपूर्ण अवस्था हो। यस्तो शैलीले अर्थतन्त्रलाई थप जटिलतातिर धकेल्ने निश्चितप्रायः छ।

राजनीतिक व्यक्तिहरु जुनसुकै स्तरको अक्षम भए पनि क्षणिक लाभका लागि अधिकारको दुरुपयोग गर्ने प्रवृत्ति गलत छ। यसले हाम्रा संस्था र प्रणालीलाई क्षति पुर्‍याउँछन्। तर, यतिबेला शर्माको कमजोरी र कतिपय सन्दर्भमा गलत नियतका लागि प्रधानमन्त्रीसमेत 'प्रयोग हुनु' हुनु आश्चर्य छ। किनकि, देउवाले नेतृत्व गर्ने पार्टीले संस्थाहरुलाई यसरी गिजोल्ने गरेको इतिहास बिरलै छन्।

त्यस्तै, स्थानीय तहको निर्वाचनको मुखमा यस्तो विवादास्पद निर्णयले पुर्‍याउने हानी पनि छँदैछ। प्रतिपक्षी दललाई अजेन्डाको लाइन लगाइदिने 'मुर्ख्याइँ' सत्तापक्षले गर्नु अनौठो छ। यसले पनि सरकारमा रहने दलहरुको राजनीतिक सुझबुझ कति कमजोर रहेछ भन्ने देखिन्छ।

यतिबेला अधिकारीलाई पदमुक्त गरेर शर्माको कार्यक्षमताको अभावलाई पुरस्कृत गर्ने समय होइन। राजनीतिक नेतृत्वको परिवर्तन स्वभाविक नियमित प्रक्रिया हो। जबकि, ठूलो आवश्यकता बिना गभर्नर परिवर्तन भने स्वभाविक हुनसक्दैन। त्यहीमाथि, देशको अर्थतन्त्र श्रीलंकाको झैँ टाट पल्टिन लागेको छ भन्ने चर्चा भइरहेको बेलामा। त्यसैले प्रधानमन्त्रीको विशेष सक्रियता यतिबेला आवश्यक छ। उनले यो प्रक्रियालाई यहीँ स्थगित गरेर हुन्छ वा अन्य प्रक्रियाबाट अधिकारीलाई निरन्तरता दिनु उचित हुन्छ।

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  २३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ
पार्टी फुट्न नदिन विष पिउन तयार छु : शेखर कोइराला
नेकपाको २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ मंगलबार
सम्बन्धित सामग्री
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
दोहोरो अंकले घट्यो नेप्से अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ ह... बिहीबार, पुस ३, २०८२
ताजा समाचारसबै
यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ सोमबार, पुस २८, २०८२
पार्टी फुट्न नदिन विष पिउन तयार छु : शेखर कोइराला सोमबार, पुस २८, २०८२
नेकपाको २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ मंगलबार सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्