• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
टिप्पणी

आफ्नो कमजोरी छोप्न गभर्नरमाथि 'हतियार' प्रहार

64x64
नेपाल लाइभ शुक्रबार, चैत २५, २०७८  २३:००
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति गठन गरेको थियो। शुक्रबार उनलाई निलम्बन पत्र पठाइएको छ। यो छानबिन गर्ने भन्ने विषय पदमुक्त गर्नुअघिको औपचारिक प्रक्रिया मात्रै हो।

गभर्नर पदमुक्त हुने केही अवस्थाहरु राष्ट्र बैंक ऐन २०५८ को दफा २२ मा छन्। राष्ट्र बैंकको उद्देश्य हासिल गर्नका लागि बैंकले गर्नुपर्ने काम नगरेको, कार्यक्षमता अभाव भएमा, मुलुकको बैंकिङ तथा वित्तिय व्यवस्थामा हानी नोक्सानी पुग्ने कार्य गरेको देखिएमा, बैंकको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको देखिएमा जस्ता विषयहरु ऐनमा छन्।

विस्तृत विवरण त सार्वजनिक भएको छैन। तर, अधिकारीमाथि महत्त्वपूर्ण सूचना चुहाएकोदेखि पूर्वप्रधानमन्त्री केपी ओलीको निर्देशन मानेर सरकारलाई असफल बनाउन काम गरेको सम्मका आरोप रहेको बताइएको छ। यसका विविध पक्ष कालान्तरमा खुल्दै जालान्।

सरकारले हटाउन चाहेपछि आरोप जति पनि सक्ने भइहाल्यो। तर, सार्वजनिक पदधारण गरेको व्यक्तिमाथि लगाइने आरोप सार्वजनिक रुपमा स्थापित पनि हुनुपर्छ। र, त्यसको समय सन्दर्भ पनि मिलेको हुनुपर्छ। गभर्नर अधिकारीमाथि जुन हतियार प्रयोग गरिएको छ, त्यसको औचित्य स्थापित गर्न सरकारलाई मुस्किल पर्ने निश्चित नै छ। 

यतिबेला अर्थतन्त्र रसातलतिर पुगेको छ। त्यसमा हाम्रा कार्यक्षमताको अभाव, रणनीतिक कार्यकुशलताको अभावदेखि अन्तर्राष्ट्रिय समय सन्दर्भ पनि जिम्मेवार छन्। तर, यसको जिम्मेवारी लिने राजनीतिक नेतृत्वले हो। प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा यसका मुख्य जिम्मेवार हुन्। किनकि, आफू मातहतका निकायलाई यथोचित रुपमा परिचालन गर्ने दायित्व पनि उनीहरुकै हो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, आफूमाथि अर्थ मन्त्रालयको कुशल नेतृत्व गर्न नसकेको आरोप लागिरहेका बेलामा सम्बद्ध सबैको विश्वास आर्जन गरेर अघि बढ्नुपर्ने अर्थमन्त्री शर्मा भने 'धुलो अनुहारमा थियो, म ऐना पुछिरहेँ' शैलीमा अधिकारीलाई पन्छाउने अभियानमा लागे। 

बिहीबारकै मन्त्रिपरिषद् बैठकमा पनि उनले अधिकारीविरुद्धको 'चार्जसिट' नै प्रस्तुत गरेको मन्त्रिपरिषद् स्रोत बताउँछ। आजै मात्र उनले अधिकारीप्रति आक्रोश व्यक्त गरेका थिए। उनले आफूलाई उचित सल्लाह नदिएको मात्रै होइन, कतिपय विषय मिडियालाई बुझाएको बताएका थिए। कतिपय रिपोर्ट गर्नुपर्ने सूचनाहरु रिपोर्ट नभएको पनि उनको आक्रोश थियो।

यतिबेला शर्मालाई पदमुक्त गर्नुपर्ने आवाज उठिरहेको थियो। त्यति गर्न सकेमा पनि अर्थतन्त्रलाई धेरै हदसम्म सही बाटोतिर फर्काउन सकिने धेरैको अपेक्षा थियो। तर, प्रधानमन्त्री देउवा पनि शर्मालाई नै समातेर विवादित निर्णय गर्न अग्रसर भएका छन्। यो दुर्भाग्यपूर्ण अवस्था हो। यस्तो शैलीले अर्थतन्त्रलाई थप जटिलतातिर धकेल्ने निश्चितप्रायः छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

राजनीतिक व्यक्तिहरु जुनसुकै स्तरको अक्षम भए पनि क्षणिक लाभका लागि अधिकारको दुरुपयोग गर्ने प्रवृत्ति गलत छ। यसले हाम्रा संस्था र प्रणालीलाई क्षति पुर्‍याउँछन्। तर, यतिबेला शर्माको कमजोरी र कतिपय सन्दर्भमा गलत नियतका लागि प्रधानमन्त्रीसमेत 'प्रयोग हुनु' हुनु आश्चर्य छ। किनकि, देउवाले नेतृत्व गर्ने पार्टीले संस्थाहरुलाई यसरी गिजोल्ने गरेको इतिहास बिरलै छन्।

त्यस्तै, स्थानीय तहको निर्वाचनको मुखमा यस्तो विवादास्पद निर्णयले पुर्‍याउने हानी पनि छँदैछ। प्रतिपक्षी दललाई अजेन्डाको लाइन लगाइदिने 'मुर्ख्याइँ' सत्तापक्षले गर्नु अनौठो छ। यसले पनि सरकारमा रहने दलहरुको राजनीतिक सुझबुझ कति कमजोर रहेछ भन्ने देखिन्छ।

यतिबेला अधिकारीलाई पदमुक्त गरेर शर्माको कार्यक्षमताको अभावलाई पुरस्कृत गर्ने समय होइन। राजनीतिक नेतृत्वको परिवर्तन स्वभाविक नियमित प्रक्रिया हो। जबकि, ठूलो आवश्यकता बिना गभर्नर परिवर्तन भने स्वभाविक हुनसक्दैन। त्यहीमाथि, देशको अर्थतन्त्र श्रीलंकाको झैँ टाट पल्टिन लागेको छ भन्ने चर्चा भइरहेको बेलामा। त्यसैले प्रधानमन्त्रीको विशेष सक्रियता यतिबेला आवश्यक छ। उनले यो प्रक्रियालाई यहीँ स्थगित गरेर हुन्छ वा अन्य प्रक्रियाबाट अधिकारीलाई निरन्तरता दिनु उचित हुन्छ।

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  २३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी
सम्बन्धित सामग्री
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगा... बिहीबार, असोज २९, २०८३
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्