राजाराम बर्तौला, फाइल तस्बिर
हेटौंडा– राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहकै कै भूमिकाको कारण अब नेपालमा राजा नफर्किने बताएका छन्।
राप्रपा नेपाल मकवानपुरद्वारा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले अभिभावक बन्न पर्ने (पूर्व)राजा एउटा दल भित्र पनि गुट, समूह, व्यक्ति खोज्दै हिँड्न थालेपछि उनको सक्रिय राजा बन्ने सपना अब सदाको लागि समाप्त भएको बताए।
आफूहरुले मुलुक भित्रका सबै दल र शक्तिले स्विकार्ने 'सेरेमोनियल राजा'को कुरा गर्दा ज्ञानेन्द्रले अस्थिरता र अराजकतामार्फत् सक्रिय राजाको भूमिकामा आउने रहर गरेपछि राजतन्त्रको अजेण्डा नै छाड्न बाध्य भएको बर्तौलाले सुनाए।
राप्रपा र कमल थापालाई कमजोर बनाउने खेलमा निर्मल निवास प्रयोग भएको भन्दै बर्तौलाले आक्रोश समेत पोखे। अहिले पनि राप्रपा नेपाल र कमल थापालाई राजनीतिक रुपमा समाप्त पार्ने षड्यन्त्र जारी रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।