काठमाडौं– नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्तारुढ गठबन्धननिकट कानुन व्यवसायीहरुको प्यानल नै विजयी भएको छ।
बारको अध्यक्षमा गठबन्धनका दलहरुसमर्थित कानुन व्यवसायीको तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरे ४ हजार ४७४ मत ल्याउँदै विजयी भए। उनका प्रतिस्पर्धी नेकपा एमालेनिकट कानुन व्यवसायी विष्णुमणि अधिकारीले २ हजार ९८९ मत ल्याए।
महासचिवमा गठबन्धन समर्थित कानुन व्यवसायीकै उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भइन्। उनका प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याए।
उपाध्यक्षमा गठबन्धनका दलहरुनिकट कानुन व्यवसायी सुरज सुरज खत्री, सुधिर कर्ण, हर्क रावल, बिरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी भए।
कोषाध्यक्षमा भरत रावत विजयी भए। यस्तै सदस्यहरु (समावेशी)मा बिनिता नेपाली, किरण शाह, नरेश साह, नारायण राई, रुप सारु, सीता पौडेल, मनिका खड्का र सर्मिला थापा विजयी भए। खुला सदस्यहरुमा भरत लकाइ, देवी कोईराला, निर्भय पौडेल, सन्तोष राउत, गुणराज आचार्य र सन्तोष तिवारी विजयी भए।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि गत शनिबार मतदान भएको थियो। मतगणना भने शुक्रबार सकिएको हो।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७०८ जना अधिवक्ता मतदाताले मतदान गरेका थिए। त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका थिए। तीमध्ये ७ हजार ४२९ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।