काठमाडौं– सर्वोच्च अदालतले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ।
शुक्रबार एक कार्यक्रमकाबीच सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन्।
न्याय परिषद् र न्याय सेवा आयोगका अध्यक्ष समेत रहेका कार्कीले ती निकायको वार्षिक प्रतिवेदन पनि नेपालको संविधानको धारा १३८ बमोजिम राष्ट्रपति समक्ष पेस गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।