काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइने खोप लगाउने अभियानको उद्घाटन गरेका छन्।
रानीपोखरीस्थित दरबार हाइस्कुलमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन्। खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ।
खोप अभियान अन्तर्गत अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दिइनेछ। बालबालिकालाई शुक्रबारदेखि खोप दिइँदैछ।
नेपालमा पहिलो पटक यो खोप दिन लागिएको हो।अभियान अन्तर्गत ७५ लाख बालबालिकालाई खोप दिने सरकारी लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।