१. चुनाव नजिकिएसँगै दल अदलबदलको लहर : रमाइलो बन्दै पार्टी परिवर्तनको परिदृष्य, होली खेल्न जाँदा पार्टी प्रवेश गराएको आरोपदेखि शिवजीको प्रसादले पार्टी प्रवेश गरेकोसम्म तर्क। (बदलिरहने ‘पित्त’हरुको चित्त)
२. सबैले आ–आफ्नो ठाउँमा लचिलो हुन सिक्नुपर्ने कांग्रेस नेता–कार्यकर्ता लक्षित प्रचण्डको अभिव्यक्ति, यसपल्ट धेरै महिलालाई मेयर र उपमेयर बनाउन मन भएको उल्लेख । (कांग्रेस नेता–कार्यकर्तालक्षित प्रचण्डको टिप्पणी)
३. कङ्गोमा विद्रोहीले प्रहार गरेको गोली लागेर शान्ति मिशनमा खटिएका नेपाली सैनिक अनिल गुरुङको मृत्यु, शान्ति सैनिकमाथिको आक्रमण युद्ध अपराध ठहर हुनसक्ने संयुक्त राष्ट्रसंघको चेतावनी । (कङ्गोमा नेपाली सैनिकको मृत्यु)
४. अमेरिका र युरोपेली संघद्वारा रुसविरुद्ध थप प्रतिबन्ध घोषणाको तयारी, अन्तर्राष्ट्रियस्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै रुसलाई राष्ट्रसंघको सुरक्षा परिषद्बाट हटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको माग । (रुसविरुद्ध थप प्रतिबन्ध घोषणाको तयारी)
५. र, जेठमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न नसकिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव घिसिङको भनाइ, वैशाख ३० गते स्थानीय तहको निर्वाचनले कठिन भएको तर्क । ( सदस्यसचिव घिसिङको तर्क)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।