• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‍अध्यादेश चक्र: संसदीय प्रक्रियालाई सक्रिय बनाउन बेवास्ता, डेढ वर्षमा एउटै अध्यादेश चार पटकसम्म जारी

64x64
किशोर दहाल बुधबार, चैत २३, २०७८  २२:००
1140x725
राष्ट्रपति विद्यादेवी भण्डारी, फाइल तस्बिर

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार साँझ पाँच वटा अध्यादेश जारी गरिन्। ती कुनै नयाँ शीर्षकका अध्यादेश भने होइनन्, पछिल्लो डेढ वर्षको अन्तरालमा उनले ती पाँचवटा अध्यादेशलाई चार/चार पटक जारी गरिसकेकी छन्। मुलुक कसरी अध्यादेश चक्रबाट अघि बढिरहेको छ भन्ने थाहा पाउन यिनै अध्यादेश राम्रा सन्दर्भ हुन्।

सदन चालु नरहेको अवस्थामा मुलुकको कुनै आवश्यकता वा समस्यालाई कानुनी रुपमा सम्बोधन गर्नुपर्ने भयो भने अध्यादेश ल्याउने गरिन्छ। संविधानले नै त्यो अधिकार दिएको छ। तर, पछिल्ला दुई वर्ष ल्याइएका कैयौं अध्यादेश त्यस्तो आवश्यकताको कारण वा 'स्वच्छ भावना'ले जारी गरेको पाइँदैन। त्यसको उदाहरण हो, राजनीतिक दलसम्बन्धी अध्यादेश।

२०७७ वैशाख ८ गते जारी भएको राजनीतिक दल सम्बन्धी केपी ओली नेतृत्वको तत्कालीन सरकारले निश्चित दल विभाजनको आशय राखेर ल्याएको थियो। विरोध भएपछि तत्कालै फिर्ता पनि लियो। त्यतिबेला प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसले संस्थागत रुपमै आलोचना गर्‍यो। सरकार चलाइरहेको नेकपाकै पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले पनि विरोध गरेका थिए।

तर, २०७८ असारमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो। त्यतिञ्जेल नेकपा विभाजित भइसकेको थियो। नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)मा विभाजन अवश्यम्भावी भइसकेको थियो। सरकारले २०७७ वैशाखमा जारी भएको अध्यादेशमा भन्दा पनि खुकुलो प्रावधान राखेर २०७८ भदौमाअध्यादेश जारी गरिदियो। परिणामतः एमाले र जसपा विभाजित भएर नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भए।

यो अध्यादेश अमुक पार्टी फुटाउन र त्यसको राजनीतिक लाभ आफूले लिने अभिप्रायले जारी भएका थिए। त्यसको पटाक्षेप पनि भइसकेको छ। पहिलेपहिले अध्यादेश जारी गर्ने प्रक्रियामा यसअघि आवश्यकताको मात्रै चर्चा हुन्थ्यो। तर, पछिल्ला वर्ष गलत नियतको पनि चर्चा हुन थालेको छ।

पछिल्ला दुवै सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश त्यसकै उदाहरण हो। दुवैले आफ्नो राजनीतिक फाइदाका लागि त्यो अध्यादेश ल्याएका थिए। देउवा सरकारले त अघिल्लो दिन राति १२ बजे संसद्को चालु अधिवेशन अन्त्य गरेर भोलिपल्ट अध्यादेश सिफारिस गरेको थियो। 'चलिरहेको अधिवेशनलाई जानीबुझी अन्त्य गर्ने, आफ्नो सुविधामा अध्यादेश ल्याउने, काम गर्ने र परिणाम आइसकेपछि अध्यादेश निष्क्रिय भए पनि मतलब नगर्ने हुन थालेको छ', संविधानविद् भीमार्जनु आचार्य भन्छन्, 'यो त अधिकारको एकदमै ठूलो दुरुपयोग हो।'

अध्यादेशको यो चक्र एकदुई सन्दर्भ वा केही महिनाको अप्ठ्यारोलाई सम्बोधन गर्ने उदाहरणसँग मात्रै सम्बन्धित छैन। २०७७ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको जारी स्थायी कमिटी बैठकका क्रममा आफूमाथि अप्ठ्यारो अनुभूति गरेपछि अचानक संसद् अधिवेशन अन्त्य गरेपछि संसद्‌को प्रक्रिया विथोलिन थालेको हो। त्यसयता नै अध्यादेश जारी गर्ने प्रवृत्तिले पनि तीव्रता पाएको हो।ओलीले त दुई पटक प्रतिनिधि सभा विघटन मात्रै गरेनन्, बाँकी समय पनि संसदीय प्रक्रियालाई निस्तेज गर्दै अध्यादेशको मुहान नै खोलेका थिए।

ओलीपछि प्रधानमन्त्री भएका शेरबहादुर देउवाले पनि ओलीकै शैली पछ्याएका छन्। प्रमुख प्रतिपक्षी दलको नेता हुँदा अध्यादेश शासनको विरोध गर्ने उनले आफू प्रधानमन्त्री भएपछि ओलीकै शैली सिकेका छन्। ओलीले आफ्नो तीन वर्षभन्दा लामो शासन अवधिमा ३० अध्यादेश जारी गरेका थिए, देउवा प्रधानमन्त्री भएको ९ महिनामा १२ अध्यादेश जारी भइसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

ओलीले दुई/दुई पटक प्रतिनिधि सभा भंग गरेर मात्रै होइन, अन्य हथकण्डा अपनाएर संसद्‌लाई नियन्त्रणमा राखेका थिए। ओलीको बहिर्गगन भएर शासनको बागडोर सम्हाल्न देउवा आइपुगे। तर, बिग्रेको लयलाई सम्हाल्ने काम गरेनन्। बरु अध्यादेशबाट शासन गर्ने सजिलो बाटोलाई अस्वभाविक रुपमा निरन्तरता दिएको देउवाको पछिल्लो कार्यकालमा जारी भएका अध्यादेशको संख्याले देखाउँछ। 

त्यसो त, सत्ता परिवर्तनका कारण संसद्‌भित्रको शक्ति संरचनामा पनि हेरफेर भएको छ। आफ्नो दल विभाजनको आक्रोशले प्रमुख प्रतिपक्षी दल एमालेले सात महिनादेखि संसद्लाई अवरोध गरिदियो। तर, सदनका कामकारबाहीलाई सहज बनाउन सरकारको कार्यकुशलता पुगेको देखिएन। परिणामतः संसद्‌को निष्प्रभावी मात्रै भएको छैन, औचित्य स्थापित गर्न पनि सकस हुँदै गएको देखिन्छ।

यतिबेला एकातिर सरकारलाई प्राप्त संवैधानिक हकको 'दुरुपयोग' भइरहेको छ। अर्कोतिर, संसद् र सांसद्को मुख्य जिम्मेवारी पूरा भइरहेको छैन। त्यसैकारण संसद् अधिवेशन आह्वान भएपछि सभाको पहिलो बैठकमा पेस हुन्छन्, तर त्यसपछि प्रक्रिया अघि बढ्दैनन्। बरु, तीनचार महिनाको अन्तरालमा अध्यादेशको ओइरो लाग्ने गरेको छ।

कानुन निर्माणको जुन संसदीय प्रक्रियामा छ, त्यो पनि पूरै बिथोलिएको छ। संसद् पनि कानुन निर्माणमा सिथिल बन्दै गएको छ।बजेटसँग सम्बन्धित बाध्यकारी विधेयकलाई छाड्ने हो भने अन्य विधेयक दुवै सदनबाट पारित भइ राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐन नबनेको २० महिना भइसकेको छ।

२०७७ साउन साउन १३ गते नागरिक लगानी कोष २०७७ लाई संशोधन गर्न बनेको विधेयक र संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रमाणीकरण भएका थिए। त्यसयता यस्ता नयाँ कानुन बनेको छैन।

अहिले पनि झन्डै ६० वटा विधेयक विचाराधीन छ। तर, मंसिर २८ देखि चैत १ सम्म चलेको विधेयक अधिवेशन भनेर चिनिने हिउँदे अधिवेशनमा एउटा पनि विधेयक पारित हुन सकेन। अब बोलाइने बजेट अधिवेशनमा सामान्यतयाः विधेयक पारित हुँदैनन्। अधिकांश समय नीति तथा कार्यक्रम र बजेटमाथि खर्चिनुपर्ने र चुनाव नजिकिएका कारण सांसद्हरुको न्यून उपस्थिति हुने सम्भावनाका कारण विधेयकहरु प्राथमिकतामा पर्दैनन्।

धेरथोर र सकसबीच चलेका संसद् अधिवेशनमा पनि सरकारले विधेयकहरु अघि बढाउन रुचि देखाएन। नत्र विधेयकहरु प्रस्तुत गरेर समितिमा पठाएर छलफल गर्दै गर्न सकिन्थ्यो। तर, यस बाटोमार्फत् महत्त्वपूर्ण विषयमा कानुन बनाएर विषयलाई दिगो सम्बोधन गर्नुको साटो अध्यादेश जारी गर्ने सजिलो बाटो अपनाउने बानी विकास भएको छ।

सामान्यतया, संसद्ले बनाइदिएको कानुनमार्फत् दिएको प्रायोजित अधिकारलाई प्रयोग गरेर सरकारले नियमावलीदेखि निर्देशिकासम्म बनाउने हो। सोही अनुसार दैनिकी चलाउने हो। तर, जनताको प्रतिनिधित्व गर्ने संसद्‌ नै कानुन निर्माण प्रक्रियाबाट बाहिर हुँदै जाने र सर्वाधिकार सरकारमा गएर केन्द्रित हुने अवस्था सिर्जना भएको छ।

अर्कोतिर, अहिले सरकार नै अध्यादेश-चक्रमा फसेको छ। त्यसैको उदाहरण हो- मंगलबार चौथो पटक जारी गर्नुपरेका पाँच अध्यादेशहरु।आवश्यकता बोध भएका तर संसदीय प्रक्रिया पूरा गरेर स्थायी कानुन बनाउने तत्परता वा परिपक्वता नहुँदा यो जटितामा सरकार फसिरहेको छ। दीर्घकालीन समस्याको समाधान गर्न अध्यादेशजस्तो हतियार प्रयोग गर्दै जाँदा केही समयको अन्तरालमा उही अध्यादेश जारी गर्नुपर्ने परिस्थिति उत्पन्न हुँदै गएको छ। केही महिनापछि ती अध्यादेश पुनः जारी हुने निश्चितप्रायः छ।

एक पटक जारी गरिएका अध्यादेशको निष्क्रिय भएपछि त्यही अन्तरवस्तुमा अध्यादेश जारी गर्न नपाइने मान्यता रहेको बताउँछन्, आचार्य। तरकार्यपालिकाले आफ्नो अधिकार दुरुपयोग गरेर पटकपटक उही अध्यादेश जारी गर्ने गरेको उनको भनाइ छ।

अध्यादेशको सहज बाटोबाट शासन गर्ने बानी लाग्दै गयो भने हामीले कस्तो क्षति बेहोर्नुपर्ला त? आचार्यको भनाइ छ, 'कानुन बनाउने अधिकार जनताको प्रतिनिधित्व गर्ने संसद्को हो। तर, कानुनी हैसियत रहने अध्यादेश ल्याउने अधिकार प्रयोग गर्दै जाने हो भने संसद्को पनि मानमर्दन हुन्छ। त्यो भनेको जनताकै पनि मानमर्दन भयो। कानुन बनाउने संसद्को अधिकारलाई कार्यपालिकाले खोसेको देखिन्छ। जसले कार्यपालिकालाई निरंकुश र स्वच्छाचारी बनाउने खतरा पनि भयो। किनकि, कानुनका लागि संसद्लाई पर्खिनुपर्ने भएन। अध्यादेश जारी गर्ने र समय सकिएपछि पुनः जारी गर्ने भयो। यसो गर्दै जाँदा ठूलो अराजतकता हुन्छ।'

०००

केपी शर्मा ओली नेतृत्वको सरकार (२०७४ फागुन ३- २०७८ असार २९) ले ल्याएका अध्यादेशहरू :
२०७५ वैशाख १३

१. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५
२. राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५
३. राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५
४. संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५
... 
२०७५ मंसिर २३
१. कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ 
... 
२०७७ वैशाख ८
१. संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७
२. राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७
... 
२०७७ असोज १२
१. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७
२. फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७
३. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७
... 
२०७७ मंसिर ३
१. ‌औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७
... 
२०७७ मंसिर २१
१. यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७
२. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७
... 
२०७७ मंसिर ३०
१. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७
... 
२०७७ माघ २३
१. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७
... 
२०७८ वैशाख २१
१. यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
२. फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८
३. औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८
४. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८
५. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८
६. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८
७. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८
... 
२०७८ वैशाख २२
१. रेल्वे अध्यादेश, २०७८
... 
२०७८ जेठ ६
१. शपथसम्बन्धि अध्यादेश, ०७८
२. कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, ०७८
... 
२०७८ जेठ ९
१. नागरिकता अध्यादेश
... 
२०७८ जेठ १५
१. आर्थिक अध्यादेश, ०७८
२. विनियोजन अध्यादेश, ०७८
३. राष्ट्र ऋण उठाउने अध्यादेश, ०७८
... 
२०७८ जेठ २३
१. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि(पहिलो संशोधन) अध्यादेश, ०७८

०००

शेरबहादुर देउवा नेतृत्वको सरकार (२०७८ असार २९ देखि-) ले ल्याएका अध्यादेशहरू :
२०७८ भदौ २
१.राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८
... 
२०७८ मंसिर १५
१. यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
२.फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
३.नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८
४.तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८
५.सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८
६.रेल्वे अध्यादेश, २०७८
... 
२०७८ चैत ८
१.रेल्वे अध्यादेश, २०७८
... 
२०७८ चैत २२
१.यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
२.फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
३.सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८
४.तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८
५.नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  २२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा सुनेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अ... बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग... बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्