काठमाडौं– नेपालका लागि पूर्वभारतीय राजदूत विनयमोहन क्वात्रा भारतका विदेश सचिव नियुक्त भएका छन्।
क्वात्राले हालका विदेश सचिव हर्ष श्रृंगलालाई प्रतिस्थापन गर्नेछन्।
श्रृंगलाले अप्रिल ३० देखि भारतीय विदेश सेवाबाट अनिवार्य अवकाश पाउँदैछन्। उनको स्थानमा क्वात्रालाई नियुक्त गर्ने सरकारले निर्णय गरेको हो।
क्वात्रा जनवरी ३०, २०२० मा नेपालका लागि भारतीय राजदूत नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।