काठमाडौं- माओवादी केन्द्रका पोलिटब्युरो सदस्य डम्बर सुवेदी (हिमाल) दुई जिल्लाबाट उम्मेदवार सिफारिसमा परेका छन्।
धनकुटाबाट प्रदेशसभाका लागि र सुनसरीबाट प्रतिनिधिसभा सदस्यका लागि उनी सिफारिसमा परेका हुन्।
यसअघि माओवादीको मजदुर संगठनका अध्यक्ष रहेका उनी संविधानसभामा सुनसरी क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी एमालेका भीम आचार्यसँग पराजित भए।
एमाले र माओवादी केन्द्र एक भएर निर्वाचनमा जाँदै गरेको अवस्थामा सुवेदी पुन: सिफारिसमा परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।