काठमाडौं- युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेस्कीले रुसले पूरै युक्रेनलाई प्रताडित गरेको बताएका छन्।
सीबीएस न्यूजलाई दिएको एक अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनका मानिस रुसको अधिनमा बस्न नचाहेका कारण रुसले यही कारणले बर्बाद गर्न खोजेको आरोप लगाए।
उनले रुसले अहिले नरसंहार गरिएको बताए।
निश्चयनै यो नरसंहार हो। एक देश र त्यहाँका मानिसको सफाया गरिँदै छ। हामी युक्रेनी नागरिक हौं। यहाँ १ सय भन्दा धेरै देशका नागरिक छन् यी सबैको जीवन बर्बाद गर्ने जस्तो भइरुहेको छ।'
आइतबार एक भिडियो सार्वजनिक गर्नै उनले आफूहरुको जमिनमा भएको अपराधको जाँच हुने र यस्तो अपराध गर्नेको नाम हत्यारोको किताबमा दर्ता हुने र सजाय पाउने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।