काठमाडौं– सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा हवाई मार्ग भएर ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका हुन्।
अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा जम्मा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए। गच महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो। यो वर्षको सुरुआती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटक आगमन बढिरहेको विभागको भनाइ छ।
सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन्। वसन्त यामको हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।