काठमाडौं- पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले इमरान खानलाई पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री चयन हुने समय सम्मका लागि प्रधानमन्त्री घोषित गरिएको छ।
पाकिस्तानमा कार्यवाहक प्रधानमन्त्री संविधानको अनुच्छेद २२४ ए (४) अनुसार नियुक्त हुनेछन् र जबसम्म यो नियुक्ति हुँदैन तबसम्म इमरान खाननै प्रधानमन्त्रीको जिम्मवारी निभाउने छन्।
पाकिस्तानका राष्ट्रपतिको माध्यमबाट ट्वीट जारी गर्दै यसको घोषणा गरेको छ। आइतबार राति पाकिस्तानी राष्ट्रपतिले देशको संसद भंग गरेका थिए।
राति जारी गरिएको नोटिफिकेशनका अनुसार राष्ट्रपतिका तर्फबाट संविधानको अनुच्छेद ५८ (१) बाट संसद भंग गरेका थिए। संसद भंग नभएसँगै खाना प्रधानमन्त्रीबाट मुक्त भएका थिए।
रविवार नेशनल असेम्बलीमा इमरान खानको विरुद्धमा लगाइएको अविश्वास प्रस्तावलाई संसदका उपाध्यक्ष कासिम सूरीले असंवैधानिक बताउँदै खारेज गरिदिएका थिए। यसपछि इमरान खानले राष्ट्रपति समक्ष संसद भंग गर्न सिफारिस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।