काठमाडौं– तालिवान सरकारले अफिमको खेतीमा प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ।
गरिब दक्षिण एसियाली देश अफगानिस्तानमा लागूऔषध नियन्त्रणको सम्बन्धमा अन्तर्राष्ट्रिय चासोलाई कम गर्ने प्रयासस्वरुप उक्त आदेश जारी गरिएको हो।
तालिवान समूहले सन् २००० मा आफ्नो अन्तिम शासनको अन्त्यतिर अफिम उत्पादनमा प्रतिबन्ध लगाएको थियो।
‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका सर्वोच्च नेताको आदेश अनुसार सबै अफगानीहरूलाई सूचित गरिएको छ कि अबदेखि देशभरि अफगान खेतीलाई कडाइका साथ निषेध गरिएको छ,’ समूहका सर्वोच्च नेता हैबतुल्लाह अखुन्जादाले आइतबार भने।
आदेशमा अन्य लागूऔषधको उत्पादन, प्रयोग वा ओसारपसारमा पनि रोक लगाइएको छ । ‘यदि कसैले आदेशको उल्लंघन गरेमा बाली तुरुन्त नष्ट गरिनेछ र उल्लंघन गर्नेलाई शरिया कानून अनुसार व्यवहार गरिनेछ,’ उनले राजधानी काबुलमा पत्रकार सम्मेलनमा थपे।
अफिम खेती देशका धेरै गरिब किसानहरूको लागि एक प्रमुख आमदानीको स्रोत बनेको थियो। तर, लागूऔषध नियन्त्रण अन्तर्राष्ट्रिय समुदायको एउटा प्रमुख माग रहेको तालिवानले बताएको छ।
तालिवानले अगस्टमा देश कब्जामा लिएको थियो। सोपश्चात बैंकिङ, व्यापार र विकासलाई गम्भीर रूपमा बाधा पुर्याउने प्रतिबन्धहरू फिर्ता लिन औपचारिक अन्तर्राष्ट्रिय मान्यता खोजिरहेको छ।
उक्त आदेशपछि अफगानिस्तानका कार्यवाहक उपप्रधानमन्त्री अब्दुल सलाम हनाफीले अन्तर्राष्ट्रिय समुदायलाई लागुऔषध दुर्व्यसनीहरूको उपचारमा देशसँग सहयोग गर्न र किसानहरूलाई उनीहरूको व्यवसाय विविधीकरण गर्न मद्दत गर्न आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।