काठमाडौं– युक्रेनमा जारी युद्धमा रुसले अहिले पूर्वी युक्रेनका दुई ठूला क्षेत्र लुहान्स्क र डोनेस्कतर्फ आफ्नो ध्यान केन्द्रित गरिरहेको छ।
यी दुई क्षेत्र दक्षिणमा मारिउपोल बाहिरबाट युक्रेनको उत्तरी सीमासम्म फैलिएका छन्। रुसले डोनबास कब्जा गर्ने प्रयास गर्नु द्वन्द्व लम्बिने संकेत रहेको अमेरिकाले बताएको छ।
रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका साम क्र्यानी इभान्स भन्छन्,‘रूसले यस क्षेत्रलाई रुसी भाषा बोल्ने ठाउँको रूपमा पहिचान गर्छ, यसैले यी क्षेत्रहरूलाई कम युक्रेनी र बढी रुसी मान्दछ।’
रोचन कन्सल्टिङका प्रमुख तथा रक्षा विशेषज्ञ कोनराड मुजिकाका अनुसार यी क्षेत्रहरूमा रूसी बोल्नेहरूको संख्या धेरै भए पनि अब रुसी समर्थक छैनन्। ‘मारिउपोललाई युक्रेनमा रुसी समर्थकहरूको गढ मानिन्थ्यो,’ उनी भन्छन्।
देशको पूर्वी भागमा रुसी सेनाको भीषण आक्रमणका कारण मानवीय संकट उत्पन्न भएको छ। लगातारको गोलाबारीका कारण सिङ्गो शहर भग्नावशेषमा परिणत भएको छ, तर अहिलेसम्म त्यसको क्षति मूल्यांकन हुन सकेको छैन।
रुसको अर्को लक्ष्य दक्षिणतर्फ सर्ने र स्लोभान्स्क सहर कब्जा गर्ने हो। १ लाख २५ हजार जनसंख्या भएको शहर २९१४ मा रुस समर्थक विद्रोहीहरूले कब्जा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।