• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बीपी कोइराला क्यान्सर अस्पतालको ओरालो यात्रा : न उपकरण चल्छन्, न त विशेषज्ञ चिकित्सक बस्छन्

रिता लम्साल सोमबार, चैत २१, २०७८  ०९:२५
1140x725

काठमाडौं– क्यान्सरका बिरामीको उपचारका लागि भरपर्दो केन्द्रको रुपमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई लिइन्छ। चितवनको भरतपुरमा रहेको क्यान्सर अस्पतालमा देशभरका बिरामी उपचारका लागि पुग्ने गर्छन्। तर, अब अवस्था फेरिन थालेको छ।

पछिल्लो समय क्यान्सर अस्पतालमा बेथितिहरू बढ्दै गएको छ। सेवा सुविधा थप हुँदै जानुपर्नेमा भएका सेवा पनि बन्द भइरहेका छन्।

अस्पतालमा क्यान्सरको पहिचान र उपचारका लागि प्रयोग हुने उपकरणहरू बिग्रिएका छन्। ती उपकरणको समयमा मर्मत नहुँदा बिरामीहरू सेवाबाट बञ्चित भइरहेका छन्। जसका कारण बिरामीले महँगो शुल्क तिर्दै निजीमा जानुपर्ने बाध्यता आएको छ।

प्रयोगशालामा रिपोर्ट लिन लामो समय कुर्नुपर्ने बाध्यता छ। सेवा विस्तारमा अस्पताल प्रशासनले चासो नदिँदा विगतमा भएका सेवासमेत बन्द हुँदै गएका छन्।

अस्पतालको मेमोग्राम मेसिन, पोर्टेबल एक्स लगायतका उपकरण बिग्रिएको लामो समय भइसकेको छ। मेमोग्राम मेसिन बिग्रँदा स्तन क्यान्सर पहिचान गर्नका लागि अस्पतालमा आएका महिला निजी अस्पतालमा जान बाध्य भएको अस्पतालका एक कर्मचारीले बताए। 

अस्पतालका निर्देशक डा देजकुमार गौतमले पोर्टेबल एक्सरे र मेमोग्राम मेसिन लामो समयदेखि बिग्रिएको स्वीकार गरे। ‘मेमोग्राम मेसिन बिग्रिएको तीन महिनाभन्दा बढी भयो, त्यो बनाउन मिल्दैन। हामीले नयाँ खरिद गर्न प्रक्रिया अगाडि बढाउँदै छौं,’ उनले भने, ‘बिग्रिएको मेसिन बनाउन बढी खर्च लाग्ने भयो, पुरानो मोडेलको पनि भयो। त्यसैले नयाँ खरिद गर्न लागेका छौं।’

उनले बिग्रिएको मेसिन बनाउन एक करोड भन्दा बढी खर्च हुने देखिएकाले नयाँ नै खरिद गर्न लागिएको बताए। मेमोग्राम मेसिन बिग्रिदा बिरामीहरू सेवाबाट प्रभावित भएको उनले बताए। ‘मेमोग्राम गर्नुपर्ने बिरामीहरू बाहिर वा काठमाडौं जान्छन्,’ उनले भने।

पोर्टेबल एक्सरे मेसिन पनि बिग्रने र बनाउने क्रम चलिरहने गरेको गौतमको भनाइ छ। ‘मेसिनरी सामाग्री हो, बिग्रिने बन्ने क्रम चलिरहन्छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

शल्यक्रिया गर्नुपर्ने क्यान्सरका बिरामीले समेत अस्पतालमा लामो समय पालो कुर्नुपर्ने अवस्था रहेको एक चिकित्सकले जानकारी दिए। नाक, कान तथा घाँटी  लगायत विभिन्न थरिका अप्रेसन गनुपर्ने बिरामीहरूको सूची लामो रहेको छ। 

अस्पतालमा मोडुलर अप्रेशन कक्ष आठ वटा बनाइएको भए पनि सबै अप्रेसन कक्ष सञ्चालनमा नरहेको अस्पतालका कर्मचारीहरू बताउँछन्। ‘क्यान्सरका बिरामीको संख्या बढ्दै गएको छ तर अस्पतालको सेवा भने झन् खुम्चिँदै गएको देखिन्छ,’ अस्पतालका एक कर्मचारी भन्छन्, ‘अस्पताल प्रशासनको ध्यान यो अस्पतालको विकास गर्नेतर्फ भन्दा पनि बाहिरका निजी अस्पताल तिर भएकाले बिग्रँदै गएको हो।’

प्रशासनले चाहने हो भने तुरुन्तै धेरै समस्या हल हुन सक्ने कर्मचारीहरू बताउँछन्। तर, अस्पताल प्रशासनको ध्यान समस्या समाधान गर्नेतर्फ नभएको उनीहरूको गुनासो छ। ‘अस्पतालले चाहने हो भने मेमोग्राम लगायतका मेसिन बनाउन सक्छ, शल्यक्रिया सेवा थप्न सक्छ। बिरामीले यही अस्पतालमै धेरै सेवा पाउन सक्छन्,’ एक कर्मचारीले भने, ‘तर, भएका पुराना मेसिन नबनाउने र कमिसनका लागि नयाँ नयाँ खरिद गर्न तर्फ अस्पतालको ध्यान छ। भएका शल्यकक्ष समेत चलाइँदैन।’ 

विगतमा अस्पतालमा विस्तारित सेवा (इएचएस) लागू गरिएको थियो। तर, अहिले अस्पतालमा उक्त सेवा पनि बन्द भएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बन्द भयो प्यालेटिभ सेवा
क्यान्सरले अन्तिम अवस्थामा पुगेका बिरामीहरूका लागि प्यालेटिभ केयर सेवा आवश्यक पर्छ। अस्पतालमा पनि हस्पिसले 'प्यालेटिभ केयर सेवा' दिँदै आएको थियो। तर, विगत डेढ वर्षअघिदेखि उक्त सेवा नै बन्द छ। कोभिडको समयमा बन्द गरिएको यो सेवा अझै सञ्चालनमा ल्याइएको छैन।

प्यालेटिभ युनिट बन्द भए पनि सेवा बन्द नभएको अस्पताल निर्देशक डा. गौतम बताउँछन्। उनले प्यालेटिभ केयर आवश्यक पर्ने बिरामीलाई वार्डमै राखेर सेवा दिइरहेको दाबी गरे।

बायोप्सीको रिपोर्ट आउन तीन महिना!
अस्पतालको प्रयोगशालामा परीक्षणका लागि लामो लाइन बस्नुपर्ने अवस्था छ। अस्पतालमा बायोप्सी रिपोर्ट आउन ३/४ महिना लाग्छ। 'क्यान्सरका बिरामीको रिपोर्ट ३/४ महिनासम्म नआउँदा के होला?' अस्पतालका एक चिकित्सकले भने ‘प्रयोगशालाको विकास र विस्तार गर्नेतर्फ प्रशासनको ध्यान नै पुगेको छैन। जसकारण बिरामीले समस्या भोग्नुपरेको छ।'

अस्पतालका निर्देशक डा. गौतमले भने बायोप्सी रिपोर्ट माइनर केसको दुई महिनासम्म लाग्ने र मेजर केसहरूको एक साताभित्र आउने दाबी गरे। तर, स्वास्थ्यखबरले अस्पतालमा गरेको अध्ययनका क्रममा तीन महिनाभन्दा बढी समयपछि रिपोर्ट आएको बिरामीसमेत फेला पारेको थियो।

बायोप्सी  रिपोर्ट आउन समय लागे पनि बिरामीमा क्यान्सर फैलन नदिन रिपोर्ट आउनुअघि नै उपचार सुरु गर्ने गरिएको डा. गौतमको भनाइ छ। ‘बायोप्सी रिपोर्ट आउन समय लागेपनि हामीले उपचार सुरु गरिसकेका हुन्छौँ,’ उनले भने, ‘तर पनि रिपोर्ट चाँडो गर्ने प्रयास हामीले गरिरहेका छौं।’

इन्डोस्कोपी, इसिजी सेवा लिन समेत पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था रहेको बिरामीको गुनासो छ। 

विशेषज्ञ चिकित्सक हाजिर गर्दै हिँड्दै
अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरू हाजिर मात्रै गरेर फर्किने गरेको र ओपीडीमा बिरामीहरूले विशेषज्ञ चिकित्सक भेट्न मुस्किल हुने गरेको अस्पतालकै कर्मचारीहरू बताउँछन्। ‘ओपिडिमा विशेषज्ञ चिकित्सक भेट्न निकै गाह्रो छ, बिहान ९ बजेबाट अस्पताल सुरुहुने भए पनि हाजिर गरेर क्वार्टर जान्छन्, १२ बजेसम्म ओपिडिमा डाक्टर आउँदैनन्, यदी आइहाले भने पनि मेडिकल अफिसरलाई काम दिएर हिँड्ने गर्छन्,’ अस्पतालका एक कर्मचारीले भने, ‘दिउसो ३ बजेतिर फेरि आउँछन्, एकछिन बस्छन्, हाजिर गर्छन् अनि निजी अस्पताल तिर काम गर्न जाने प्रचलन छ।’

चिकित्सकहरू बिरामीको सेवाप्रति जिम्मेवार नहुँदा अस्पताल प्रशासनले नियमन नगरेको ती कर्मचारीको भनाइ छ।

फार्मेसीमा औषधि पाइँदैन
बिरामीलाई आवश्यक पर्ने औषधि अस्पताल फार्मेसीमा सहज रुपमा पाइनु पर्ने हो। तर, क्यान्सर अस्पतालमा भने बिरामीलाई आवश्यक पर्ने सबै औषधि नै पाइँदैन। अस्पताल फार्मेसीमा औषधि नपाएपछि बिरामीका आफन्तहरू निजी फार्मेसीमा औषधि लिन पुगेको भेटिन्छ।

अस्पताल निर्देशक डा. गौतम भने अस्पतालको फार्मेसीमा किमोथेरापी बाहेका सबै औषधिहरू उपलब्ध रहेको बताउँछन्। उनले भने, ‘फार्मेसीमा ९५ प्रतिशत औषधिहरू उपलब्ध छन्।’

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ०९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठले बाढीबाट भएको क्षति सामान्य विपत्ति नभई महाविपत्तिको अवस्था बनेको बत... शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) दशैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा सवारीसाधनको चाप बढेको छ । शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्