काठमाडौं– नेपाल लेखक संघको अध्यक्षमा साहित्यकार तीर्थ श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। पोखरामा सम्पन्न संघको सातौं अधिवेशनमार्फत श्रेष्ठ निर्विरोध अध्यक्ष पदका लागि छानिएका हुन्।
त्यस्तै, संघको सहअध्यक्ष पदमा डा. रत्नमणि नेपाल छानिएका छन्। उनी पनि निर्विरोध चुनिएका हुन्। उपाध्यक्षमा खुल्ला तर्फ शैलेन्दुप्रकाश नेपाल र महिलातर्फ सन्ध्या पहाडी निर्वाचित भएका छन्। नेपाल खुल्लातर्फ निर्विरोध चयन भएका हुन्। पहाडी भने रेणुका सोलुलाई ४१ भोटले पछि पार्दै निर्वाचित भएकी हुन्।
महासचिवमा सोझो गाउँले निर्वाचित भएका छन्। उनले घनेन्द्र ओझालाई ६६ भोटले पछि पारेका हुन्। त्यस्तै, उपमहासचिव पदमा श्रीबाबु कार्की उदास निर्वाचित भएका छन्। उनी बलराम दाहाललाई हराएर निर्वाचित भएका हुन्।
संघको कोषाध्यक्षमा दामु मर्सिफुल, सचिव (खुल्ला)मा गणेश शर्मा र सचिव (महिला)मा अनुपमा रेग्मी निर्वाचित भएका छन्। सदस्यहरुमा खुल्लातर्फ सुरेन्द्र अस्तफल, निर्मला कोइराला, नारायण सापकोटा, डा. विष्णुबहादुर केसी, हयग्रिव आचार्य, प्रकाश विमिल, बाबुराम चालिसे (बाबुसाहेब), महेन्द्र वाग्ले, युवराज डिसी र गौकुमारी न्यौपाने निर्वाचित भएका छन्।
सदस्यमै महिला कोटातर्फ सरस्वती जिज्ञासु, राधिका गुरागाईं, सरस्वती पन्त, अमृता अर्याल स्मृति र ऋचा लुइँटेल निर्वाचित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।