काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज (आइतबार) तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुँदैछ। अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछ।
गठबन्धनका केही सांसदहरू सरकारको विपक्षमा उभिएसँगै ३४२ सदस्य रहेको सदनमा खानको पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) ले बहुमत गुमाएको थियो।
त्यस्तै, पीटीआईकै सांसदहरूले पनि खानविरुद्ध विद्रोह गरेका थिए। पूर्व क्रिकेटरसमेत रहेका प्रधानमन्त्री खानले पदबाट राजीनामा नदिने अन्तिमसम्म संघर्ष गरिरहने बताएका थिए।
अहिलेसम्म कुनै पनि पाकिस्तानी प्रधानमन्त्रीले पूर्ण कार्यकाल पूरा गरेका छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।