काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो चुनावमा तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन्।
सिन्धुपाल्चोकको इन्द्रावतीको गाउँपालिकाद्वारा निर्मित गौरवको योजना इन्द्रावती रङ्गशाला र गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै उनले पार्टीको निर्णय नै सर्वोपरी हुने बताए।
इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन ६ करोडमा तयार भएको हो भने इन्द्रावती रङ्गशाला रु तीन करोड ७९ लाखमा तयार भएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए। आफ्नो कार्यकालमा सक्दो विकासको प्रयास गरेको सो अवसरमा तामाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।