काठमाडौं– भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन्।
पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्यवृद्धि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
पछिल्लो १२ दिनमा १० पटक मूल्यवृद्धि हुँदा पहिलाभन्दा प्रति लिटरमा ७.२० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन्।
संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ। त्यसैगरी, डिजेलको मूल्य प्रतिलिटर ९३.८७ भारतीय रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।