काठमाडौं– वेस्ट बैंकमा शनिबार इजरायली सुरक्षा बलसँगको भिडन्तमा तीन चरमपन्थीको मृत्यु भएको छ।
यी चरमपन्थीहरू वेस्ट बैंकमा इजरायली सुरक्षाकर्मीहरूले निरन्तर छापा मार्दा मारिएका हुन्। इजरायली सुरक्षा बल र चरमपन्थीबीचको हिंसाले पश्चिम किनारामा रमजानको महिना सुरु भएदेखि नै तनाव बढेको छ।
गत वर्ष रमजानको समयमा इजरायली सेना र प्यालेस्टाइनीहरू अल-अक्सा मस्जिद भ्रमण गर्नेबारे विवाद सिर्जना भएको थियो। उक्त विवाद हमास र इजरायलबीचको द्वन्द्वमा परिणत भयो।
शनिबार इजरायली प्रहरीले जेनिन सहरमा उनीहरूलाई पक्राउ गर्न अपरेसन चलाएको थियो। उक्त क्रममा जिहादीहरूको एक चरमपन्थी समूहले गोली चलाएको बताइएको छ। जवाफी कारबाहीमा तीन चरमपन्थी मारिको प्रहरीको दाबी छ।
समाचार एजेन्सी एएफपीका अनुसार यस कारबाहीमा चार इजरायली सैनिक पनि घाइते भएका छन्। जसमध्ये एकजना गम्भीर घाइते छन्। इस्लामिक जिहादी समूहले यी तीनै जनाको मृत्युको पुष्टि गरेको छ। यो घटनापछि हमासले चेतावनी जारी गरेको छ।
मार्च २२ मा वेस्ट बैंकमा झडप सुरु भएको थियो। शनिबारको झडप यसै संघर्षको पछिल्लो घटना हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।