काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो पार्टीले जितेका स्थानीय तहमा मात्रै राम्रो काम भएको दाबी गरेका छन्। अन्य पार्टीले जितेका अन्य सयौं स्थानीय तहमा कामै नभएको उनको जिकिर छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईलाई पार्टी पार्टी प्रवेश गराउँदै प्रचण्डले संवैधानिक समितिले गरेको अध्ययनमा माओवादीले जितेका पालिकाहरुमा राम्रो भएको देखिएको बताए।
‘देशभरी, जहाँ स्थानीय तहको निर्वाचन हुँदैछ । अस्ती मात्रै हाम्रो एउटा संवैधानिक समितिले कहाँ–कहाँ राम्रो काम भयो भनेर स्थानीय पालिकाहरु हेर्दा पाँच वटा श्रेष्ठ काम भएकोमध्ये ३ वटा त माओवादी केन्द्रले जितेकोमा मात्रै भयो। अरु तेत्रो संयौं छन, त्यहाँ चाही राम्रो काम भएन भन्ने रिर्पोट आयो,’ प्रचण्डले भने।
आफ्नी छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित भएको भनेर एउटा संसदीय समितिको रिर्पोटले देखाएको प्रचण्डले दाबी गरे।
'महानगरपालिका छ । भरतपुर महानगरपालिकामा सुशासन, विकास र समृद्धिको एउटा नयाँ मोडल छ भन्ने रिर्पोट आयो । सबैतिर त्यस्तो भएन,' प्रचण्डले भने।
प्रदेश र संघमा माओवादीको नेतृत्व नहुँदा अन्तरविरोध देखिएको प्रचण्डको भनाइ छ।
परिवर्तनको नेतृत्व आफ्नो पार्टीले गर्ने, तर त्यसलाई सम्हालेर देशको नेतृत्व गर्न नपाउँदा मुलुकमा फेरि पनि परिवर्तन खतरामा पार्ने अवस्थामा आएको प्रचण्डको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।