काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले थप हवाई रुट दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन्। शनिबार मोदीसँगको भेटपछि आयोजित संयुक्त प्रेस सम्मेलनमा देउवाले मोदीसँग त्यस विषयमा कुराकानी भएको जानकारी गराए।
देउवाले महेन्द्रनगर, नेपालगंज र जनकपुर हवाई रुट उपलब्ध गराउन अनुरोध गरेका हुन्। भेटमा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विषय पनि उठाएका हुन्। सो विमानस्थलमा क्यालिब्रेसन उडान सम्पन्न भइसको छ। अब व्यवसायिक उडानको तयारी गरिएको छ।
प्रधानमन्त्री देउवाले मोदीसमक्ष सीमा समस्याको विषय उठान गरेका छन्। 'हामीले सीमा समस्याको विषयमा छलफल गर्यौँम। मैले मोदीजीलाई स्थापित दुई पक्षीय संयन्त्रबाट सीमा समस्या समाधान गर्न आग्रह गरेँ', दुई प्रधानमन्त्रको संयुक्त प्रेस सम्मेलनमा प्रधानमन्त्री देउवाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।