काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
शनिबार नयाँदिल्ली स्थित हैदरावाद हाउसमा भएको संयुक्त प्रेस सम्मेलनमा सम्बोधन गर्दै देउवाले मोदीलाई भारत भ्रमणको निम्तो दिएका हुन्।
दुई पक्षीय उच्चस्तरीय भ्रमणले साझा सहमति निर्माणमा सहयोग पुर्याउने प्रधानमन्त्री देउवाको भनाइ थियो। 'म मोदीजीलाई नेपाल भ्रमणको निम्तो दिन्छु', उनले भने।
त्यसअघि सम्बोधन गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोदीले नेपालको शान्ति, विकास र प्रगतिमा भारत सधैं साथमा रहेको पनि बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।