काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अगाडि बढाउन जोड दिएको बताएका छन्।
भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले यो परियोजना यो क्षेत्रको विकासका लागि गेम चेन्जर हुने बताए।
देउवालाई नेपालका परिपक्व प्रधानमन्त्री भनेका मोदीले उनले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्यायउने विश्वास व्यक्त गरे।
मोदीले कुनै पनि अवाञ्छित तत्वले नेपाल र भारतको भूमि प्रयोग गरेर गतिविधि गर्न नपाओस् भन्नेमा आफूहरु सचेत रहेको बताए। मोदीले नेपालको शान्ति, विकास र प्रगतिमा भारत सधैं साथमा रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।