काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा 'रुपे' डिजिटल कार्डको नेपालमा शुभारम्भ गरिएको छ। शनिबार प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा सो कार्डको शुभारम्भ गरेका हुन्।
सो कार्ड भारत सरकारले प्रचलनमा ल्याएको हो। त्यसको नेपालमा पनि प्रयोगको शुभारम्भ भएको हो। दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलमा यसको शुभारम्भ गरेका हुन्। ‘रुपे’ कार्डबाट नेपालमा पनि भुक्तानीको सुविधा पाइनेछ।
संयुक्त प्रेस पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले यो कार्ड फाइनान्सियल कनेक्टिभिटीमा नयाँ अध्याय भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।