काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा विभिन्न चार वटा सम्झौता भएको छ।
शनिबार प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता पछि भएको प्रतिनिधिमण्डलस्तरीय छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो।
दुई देशबीच भएका चारवटा सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार अलायन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।