काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिने भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्। शनिबार बिहान मोदीलाई भेट्न प्रधानमन्त्री देउवा हैदरावाद हाउस पुगेका थिए।
दुई प्रधानमन्त्रीबीच दुई देशको सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा छलफल भएको छ। देउवा-मोदीबीच भेट सकिएपछि दुई देशका प्रतिनिधिमण्डलस्तरीय छलफल भएको हो। त्यसपछि उनीहरुले संयुक्तरुपमा जयनगर-कुर्दा रेल सेवाको पनि उद्घाटन गरेका थिए।
अहिले दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा आयोजित प्रेस सम्मेलनलाई सम्बोधन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।