काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा द्विपक्षीय प्रतिनिधिमण्डलबीच छलफल सुरु भएको छ।
शनिबार मध्याह्नपछि दिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतका प्रतिनिधि मण्डलका सदस्यबीच छलफल सुरु भएको हो।
छलफलका लागि नेपाली पक्षको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय पक्षको नेतृत्व समकक्षी नरेन्द्र मोदीले गरेका छन्।
बैठकमा दुई देशबीचको साझेदारीमा प्रगतिको समीक्षा र नेपाल भारत सहयोग आगाडि बढाउने विषयमा छलफल भइरहेको जनाइएको छ।
हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक्लाएक्लै भएको भेटपछि दुई पक्षीय प्रतिनिधिमण्डल सहितको भेट सुरु भएको हो।
प्रतिनिधिमण्डलको भेटका क्रममा दुई देशका अधिकारीबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत छ।शनिबार नै देउवा-मोदीले संयुक्त रुपमा जयनगर–कुर्था रेलको उद्घाटन गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।