काठमाडौं- नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठूलो दुर्घटनाबाट जोगिएको छ। शुक्रबार काठमाडौंका लागि उड्न तयार भएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा गुडिरहेको बेला एक्कासी दुवैतर्फका टायर पन्चर भएको थियो।
आरए ४०२ जहाज उड्नका लागि धावनमार्गमा कुदिरहेको बेला एक्कासी दुवै तर्फको टारय पन्चर भएको र विमानका चालक र सहचालकहरुको सुझबुझका कारण दुर्घटना टरेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य भुषण राजलवटले उल्लेख गरेका छन्।
'जहाज धावनमार्गमा उड्नका लागि स्पिड लिइरहेको बेला दुबै तर्फको टायरको प्रेसर आवश्यकता भन्दा धेरैभै स्पिड कन्ट्रोल गर्ने क्रममा दुबै तर्फको चक्का को हवा पन्चर भएको थियो' उनले भनेका छन्, 'पाइलट र को-पाइलटको सुझबुझ र भगवानको कृपाले बाँच्यौं।'
त्यसपछि सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।