काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार अबेर राति सामाजिक सञ्जाल ट्वीटरमा नेपाली र अंग्रेजी भाषाबाट ट्वीट गर्दै उनले उक्त कुरा बताएका हुन्। ‘भारतको औपचारिक भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुशी लागेको छ,’ उनले लेखेका छन्,‘यो भ्रमणले हामीबीचको निकट छिमेक सम्बन्धलाई अझ बलियो बनाउने कुरामा विश्वस्त छु।’
तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटवार्ता भएको हो।
भ्रमणका क्रममा शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै देउवाको उनलाई भेटेका हुन्। देउवा ५० सदस्यीय टोली लिएर भारत पुगका छन्। उनले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।