काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी नरेन्द्र मोदीसँग शनिबार हुने द्विपक्षीय भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन्।
भारत भ्रमणकाे पहिलाे दिन भारतस्थित नेपाली दूतावासमा आयाेजित रात्रिभाेजमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे आशा व्यक्त गरेका हुन्।
भाेलि शनिबार दुई देशका प्रधानमन्त्रीबोचमा भेट हुँदैछ। भाेलि दुबै देशका प्रधानमन्त्रीले जयनगर-जनकपुर रेल संयुक्त रुपमा उद्घाटन गर्ने छन्।
त्यस्तै, अन्य दुईपक्षीय हितका विषयमा पनि कुराकानी हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।