काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताएका छन्।
बिहीबार राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले आफूले यस संकटलाई भारतीय उपमहाद्वीपको इतिहासका दुई पात्र मिर जाफर र मिर सादिकको भूमिकासँग तुलना गरेको बताए।
‘यी मानिसहरूले आफ्ना देशवासीहरूलाई अंग्रेजहरूको दास बनाएका थिए,’ उनले भने। मीर सादिक मैसूरका टिपू सुल्तानका मन्त्री थिए।
सन् १७९८–९९ मा भएको चौथो एङ्लोे–मैसूर युद्धमा उनले श्रीराङगापट्टनमको घेराबन्दीमा टिपु सुल्तानलाई धोका दिएर बेलायतको विजयका लागि बाटो खोलेका थिए।
त्यस्तै, मिर जाफरले बङ्गालको नवाब सिराज उद–दौलाको अधीनमा बङ्गाल सेनाको कमान्डरको रूपमा सेवा गरे र प्लासीको युद्धको दौडान उनलाई धोका दिए। यसले भारतमा ब्रिटिश शासनको लागि बाटो खोलिदियो।
प्रधानमन्त्री खानले विपक्षी दलहरुले ‘विदेशी षडयन्त्र’ मार्फत् ‘देशलाई तहसनहस पार्ने’ प्रयास गरेको आरोप लगाए। उनले भने,‘विदेशी षडयन्त्रद्वारा तपाईंहरूले देशलाई कसरी तहसनहस पार्नुभयो भन्ने कुरा सबैले सम्झनेछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।