काठमाडौं– भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को हेडक्वाटर पुगेका छन्।
तीन दिनको भ्रमणमा रहेका देउवा पहिलो दिन विमानस्थलबाट विदेशमन्त्री एस जयशंकरसँग भेटपछि भाजपाको हेडक्वाटर पुगेका हुन्। उनलाई पार्टी अध्यक्ष जगत प्रकाश नड्डाले स्वागत गरेका थिए।
देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन्। भ्रमणका क्रममा आज दिल्ली पुगे लगत्तै देउवाको यो पहिलो भेटवार्ता हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।