विराटनगर– शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी छन्।
उनले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको कार्य क्षेत्रबारे विवाद आवश्यक नरहेको बताउँदै संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढाउनुपर्ने बताएकी हुन्।
शहरी विकास मन्त्रालयद्वारा प्रदेश नम्बर १ को विराटनगरमा शुक्रबार आयोजित राष्ट्रिय शहरी नीति तथा शहरी विकास ऐन तर्जुमा सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले संघीयताको मर्मअनुसार सबै मिलेर अघि बढ्नुपर्ने बताइन्।
‘अब हामीले तीनै तहका सरकारका कार्य क्षेत्रबारे विवाद गरेर बस्नु हुँदैन। सँगै मिलेर अघि बढ्नुपर्छ’, मन्त्री झाँक्रीले भनिन्। मन्त्रालयले संघीयता अनुसारको शहरी नीति परिमार्जन र शहरी विकास ऐन बनाउने बताउँदै यसमा सबैको अपनत्व हुने बताइन्।
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रप्रसाद राईले संघीयताको मर्मअनुसार विकास र बजेट विकेन्द्रित हुनुपर्ने बताइन्। ठूला शहरमा मात्र विकास र लगानी केन्द्रित हुँदा बसाइँ सराइको क्रम बढेको बताउँदै उनले सबै क्षेत्रमा विकास पुग्ने गरी नीति परिमार्जन गर्नुपर्ने बताइन्।
‘विकास निर्माणका काम ठूला शहरमा मात्र केन्द्रित हुँदा बसाइँ सराइ बढेको छ। अब विकास र बजेट अविकसित ठाउँमा पुर्याउनुपर्छ। यी विषयहरू शहरी नीति परिमार्जन र शहरी विकास ऐन बन्नुपर्छ’, उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।