काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन्।
प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा गएपछि उपसभापति खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
देउवा भारत भ्रमणबाट स्वदेश नफर्कुन्जेलसम्मका लागि खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
देउवालाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन्।
देउवा २० गते नेपाल फर्कने कार्यक्रम छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।