काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ र उच्च स्तरमा पुर्याएर मुलुकको हित गर्ने बताएका हुन्।
प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो भारत प्रस्थान गरेका छन्।
देउवा भारत प्रस्थान गर्नु अघि आयोजित कार्यक्रममा उनले भने,'प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने औपचारिक भ्रमणमा आज प्रस्थान गर्नुहुँदैछ। नेपाल र भारतको बीचमा सदिऔँदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पुर्याएर मुलुकको हितमा यो भ्रमण केन्द्रीत रहनेकुरा म यहाँहरुमार्फत् निवेदन गर्न चाहान्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।