काठमाडौं– प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएकाहरुको पदस्थापन गरिएको छ।
पदस्थापन सूची अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी धीरजप्रताप सिंहलाई दिइएको छ। यसअघि पनि सिंह सीआईबीमै कार्यरत थिए । डीआईजी प्रमुख रहने सीआईबीलाई सरकारले अबबाट एआईजी प्रमुख रहने बनाएको छ।
त्यसैगरी प्रशासन विभागको जिम्मेवारी रवीन्द्र धानुकले पाएका छन्। यसअघि उनी कार्य विभागमा थिए। मानव स्रोत तथा प्रशासन विभागलाई अलग–अलग गरी मानव स्रोत र प्रशासन गरी दुई विभाग बनाइएको छ।
उता प्रदेश समन्वय विभागको जिम्मेवारी भने वसन्त पन्तले पाएका छन्। यो विभाग नेपाल प्रहरीमा नयाँ हो। तीन एआईजीको दरबन्दी थप गरिएपछि यो विभागको गठन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।