प्रतीकात्मक तस्बिर
काठमाडौं– दक्षिण कोरियाली वायु सेनाको ट्रेनर लडाकु विमान दुर्घटनाग्रस्त भएको छ देशको दक्षिणपूर्वी शहर साचियोनमा विमान दुर्घटना भएको योनहाप समाचार एजेन्सीले जनाएको छ।
के टी–१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा दुर्घटना भएको समाचारमा उल्लेख छ।
उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको जनाइएको छ।अग्निनियन्त्रक अधिकारीहरूले उद्धारका लागि हेलिकप्टर र गाडीसहित केही कर्मचारी घटनास्थलमा पठाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।