काठमाडौं- स्वतन्त्रतापछि गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा बिहीबार राति भव्य बिरोध प्रदर्शन भएको छ। त्यस क्रममा झडपसमेत भएको छ। बिरोध प्रदर्शनपछि राजधानी कोलम्बोमा प्रहरी उपस्थित बढाइएको छ।
कोलम्बोमा रातिको समयमा ५ हजार भन्दा धेरै मानिस सडकमा उत्रिएका छन् र उनीहरुले राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ र्याली निकालेको बीबीसीले जनाएको छ।
राष्ट्रपतिको घरमा चढ्ने प्रयासका बीच प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ। एक जना गम्भीर घाइते भएको जनाइएको छ।
राति लगाइएको कर्फ्यू विहान हटाइएको छ, तर शहरमा प्रहरी र सेनाको उपस्थिति बढाइएको छ। राष्ट्रपति गोटाबाया राजपक्षेको घर जाने बाटोको बीचमा एक जलेको बस देख्न सकिने बीबीसीले जनाएको छ।
ऋणको बोझमा दबिएको २.२ करोड जनसंख्या भएको श्रीलंकाले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। खानेकुराको बढ्दो दाम र यसको कमीका कारण मानिसहरुको अवस्था बेहाल छ।

मध्य रातमा के भयो?
बिहीबार राति हजारौं मानिस राजपक्षेको राजीनामाको माग गर्दै उनको घर तर्फ र्याली निकाले जसका कयौं अज्ञात सामाजिक सञ्जाल अभियान्तासहित थिए।
प्रदर्शनकारीले राजधानीको मुख्य सडकमा टायर बालेर जाम गरिएको छ। यसक क्रममा उनीहरुले सेनाको दुई बस र एक जीपमा आगो लगाइदिएका छन् र प्रहरी अधिकारीमाथि ढुंगा प्रहार गरेका छन्।
सुरक्षाबलले प्रदर्शनकारीलाई तितर-बितर गर्नका लागि अश्रु ग्यास छाडेका थिए र पानीको फोहरा प्रयोग गरेका थिए। सुरक्षा बलले गोली तथा रवरको गोली प्रयोग गरे/ नगरेकोबारे स्पष्ट भएको छैन।
यो सब घटना हुँदा राजपक्षे भने आफ्नो घरमा थिएनन् तर यस संकटसँग लड्नका लागि शीर्ष सैन्य अधिकारीहरुले छलफल गरेका छन्।
एक निजी टेलिभिजन नेटवर्कले यस प्रदर्शनको प्रत्यक्ष प्रसारण गरेको थियो जसलाई तत्काल रोकिएको थियो। सरकारका दबाबका कारण उक्त प्रसारण रोकिएको जनाइएको छ।
सामाजिक सञ्जालमा सेयर भइरहेको भिडियोमा पुरुष एवं महिलाहरु राष्ट्रपति गोटाबाया राजपक्षे र उनको परिवारविरुद्ध नारा लगाइरहेका छन् जसमा उनीहरु शक्तिशाली राजपक्षे परिवारका सबै सदस्यसँग पद छाड्न माग गरिरहेका छन्।
राष्ट्रपति गोटाबया राजपक्षे र प्रधानमन्त्री महिंदा राजपक्षे
शक्तिशाली राजपक्षे परिवार
सेवा निवृत्त बैंकर र प्रदर्शनमा सहभागी जगत लियानगेले भने, 'म यस सरकारमाथि बोझ होइन। म आर्थिक रुपमा ठिक-ठाक छु। तर मेरो सम्पत्ति कुनै कामको होइन। मसँग निकै पैसा छ तर यो कुनै कामको होइन। म त्यसले केही किन्न सक्दिन। म पेट्रोल पम्पमा तेल हाल्न सक्दिन। जब मेरे घरमा ग्यास समाप्त हुन्छ तब म सिलिन्डर भराउन सक्दिन। यो देशको सबैभन्दा अध्यारो समय हो। हामी पैसाले केही गर्न सक्दैनौं। हाम्रा नेताले नमारीकन हाम्रो हत्या गरिरहेका छन्।'
श्रीलंकामा राजपक्षे परिवारलाई निकै शक्तिशाली मानिने गरिएको छ। गोटाबाया राजपक्षेका दाई महिन्दा राजपक्षे देशका प्रधानमन्त्री छन् र उनी देशका राष्ट्रपति भइसकेका छन्। उनका भाइ बासिल देशका अर्थमन्त्री छन्। अर्का भाइ चमल कृषि मन्त्री रहेका छन् र उनका भतिजा नमल देशका खेल मन्त्री रहेका छन्।
कसरी बन्यो यस्तो अवस्था
श्रीलंकाको भयानक आर्थिक स्थितिका लागि कोरोना महामारीलाई जिम्मेवार मानिएको छ किनकी यसले उसको पर्यटन क्षेत्रमा नराम्रो असर पर्यो। तर अर्थशास्त्रीहरुले भने सरकारको गलत नीति र लगातारको कर्जा लिएका कारण यस्तो नराम्रो अवस्था उत्पन्न भएको छ।
श्रीलंकाले मार्च २०२० मा आयातमाथि प्रतिबन्ध लगाएको थियो ताकी विदेशी मुद्रालाई बचाउन सकियोस् र यसको माध्यमबाट विदेशी कर्जा चुकाउनका लागि ५१ अरब डलर बचाउन सकियोस्।
पछिल्लो दिनहरुमा श्रीलंकामा डीजेलका कमीका कारण पनि हाहाकार मचिएको छ। देशको कयौं शहरमा प्रदर्शन भएको छ तर यस क्रममा कुनै ठूलो नाताको विरुद्ध यस्तो भएको देखिएको छैन।
बिहीबार देशका सबै पेट्रोल पम्पमा डिजेल उपलब्ध थिएन भने देशको सरकारी बिजुली कम्पनीले बिहीबार १३ घण्टा बिजुली काटिएको जनाएको थियो। जेनेरेटरका लागि डिजेल नभएपछि यस्तो अवस्था आएको उसको भनाइ छ। तेलको कमीले गर्दा सार्वजनिक यातायात ठप्प भएको छ। ग्यार्जमा थन्किएका बसबाट तेल निकालेर अन्यमा राखेर चलाइने परिवहन मन्त्री दिलम अमुनुगमले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।