काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शमशेर राणाबीच भेटवार्ता भएको छ।
नेपालगञ्जमा बिहीबार बेलुका अध्यक्ष ओली र महामन्त्री राणाबीच भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। कर्णाली प्रदेशका पहाडी जिल्लाहरुमा पार्टी कार्यक्रममा पुगेका ओली बिहीबार नेपालगञ्ज बसेका थिए।
त्यहाँ उनको र राप्रपाका महामन्त्रीबीच भेटवार्ता भएको हो। भेटवार्तामा स्थानीय तहको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने विषयमा पनि छलफल भएको छ।
राणा नेपालगञ्ज उप महानगरपालिकाका मेयर समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।