काठमाडौं– नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा सडक महोत्सव आयोजना हुने भएको छ। एनसेलको सहकार्यमा उद्योग वाणिज्य महासंघले महोत्सव गर्न लागेको हो।
कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ नारासहित काठमाडौंको दरबारमार्गमा १५ औं दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो।
रेष्टुरेन्ट एण्ड बार एसोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोडको पहलमा वैशाख ३ गते शनिबार महोत्सव हुन लागेको हो । महोत्सवको सह–प्रायोजकमा गोरखा व्रुअरी रहेको छ।
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
वैशाख ३ गते विहान १०ः०० बजे सातै प्रदेशको सँस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुति गरिेने मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बताइयो।
दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नाराणहिटी संग्राहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ।
महोत्सवमा दिपक बज्राचार्य, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, सन्दिप क्षेत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य समुहहरु जस्तै सृष्टि केसी एन्ड ब्लाईन्ड रक्स, रुशान एन्ड लज्जु, एभरेष्ट क्रु, महेश काफ्ले, कववेव र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिनेछन्।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा महोत्सव अवधिभर विभिन्न नेपाली खानाको परिकारहरु र नेपाली उत्पादनहरुको स्टल प्राथमिकताका साथ राखी विशेष प्रस्तुति र प्रदर्शनसमेत गरिने बताइएको छ। महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन्।
महोत्सव क्षेत्रमा वालवालिकाका लागि छुट्टै किड्स जोनको व्यवस्था गरिएको छ । महोत्सवमा हुने स्टलहरु मध्ये केही स्टलहरुमा शाररिका रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्ताकलाका वस्तुहरुलाई पनि प्रदर्शनीमा राखिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।