काठमाडौं– रुस र युक्रेनबीच आज (शुक्रबार) शान्ति वार्ता हुने भएको छ।
आजदेखि दुई देशका अधिकारीबीच अनलाइन माध्यमबाट वार्ता हुन लागेको रुसी वार्ताकार डेविड अराखामियालाई उद्धृत गर्दै सञ्चारमाध्यमले लेखेका छन्।
यसअघि युक्रेनले दुई देशका राष्ट्रपतिबीच सिधा वार्ताको प्रस्ताव गरिएको भए पनि रुसले अस्वीकार गरेको रोयटर्सले जनाएको छ।
यसअघि पटकपटक भएका वार्ता कुनै निष्कर्षमा नपुगे पनि सकारात्मक रहेको समाचारहरुमा उल्लेख छ।
एक महिना लामो समयदेखि जारी रुस युक्रेन युद्धका कारण विश्व समुदाय नै प्रभावित हुन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।