महोत्तरी– महोत्तरी जिल्लाको सोनमा गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ८ लाख १५ हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो रहेका छन्। प्रदेश नम्बर ०२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रघुनाथपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गरेको थियो।
चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त रकम फेला परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।