काठमाडौं–पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सूचना तथा प्रसारण मन्त्री फवाद हुसेन चौधरीले प्रधानमन्त्री खानले आज राष्ट्रको नाममा सम्बोधन गर्न लागेको जानकारी दिएका हुन्।
खानले हिजो राष्ट्रका नाममा सम्बोधन गर्ने तय थियो। तर, सेना प्रमुखसँगको भेटपछि कार्यक्रम स्थगित भएको थियो।
आजबाट इमरान खानको सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुँदैछ ।
मन्त्री चौधरीका अनुसार प्रधानमन्त्री खानले आज दिउँसो राष्ट्रिय सुरक्षा समितिको बैठक पनि बोलाएका छन्। बैठक प्रधानमन्त्री निवासमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।